उत्तर कोरियाद्धारा अमेरिकामाथि युद्ध सुरुवातको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एजेन्सी, १० असोज । उत्तर कोरियाले अमेरिकामाथि युद्धको सुरुवात गरेको आरोप लगाएको छ ।

उत्तर कोरियाका विदेशमन्त्री रि योङ–होले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशसँग युद्धको सुरुवात गरेको आरोप लगाका हुन् । अमेरिकाले आफ्नो आकासमाथि बम वर्षक विमान उडाएको उत्तर कोरियाको आरोप छ । उत्तर कोरियाका विदेशमन्त्री रिले अमेरिकाले बम बर्षक विमान उडाएर युद्धको सुरुवात गरेको बताए ।

उनले आफ्नो देशको आकाशमा उडेका अमेरिकी बम बर्सक विमान खसाल्ने चेतावनी समेत दिए । अमेरिकाले आफ्नो मुलुकसँग पटक पटक झगडा गरेर युद्धको सुरुवात गरेको र यो कुरा विश्वले थाहा पाउनुपर्ने विदेशमन्त्री रिको भनाइ छ । तर अमेरिकी रक्षा मन्त्रालयले भने उत्तर कोरियाले युद्धका लागि अमेरिकालाई उक्साइरहेको र यो काम तत्काल बन्द गर्न चेतावनी दिएको छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);