उत्तर कोरियासँग ६० वटा सम्म आणविक बम रहेको दक्षिणको दाबी | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

उत्तर कोरियासँग ६० वटा सम्म आणविक बम रहेको दक्षिणको दाबी

एजेन्सी, १७ असोज । उत्तर कोरियाले ५० किलोग्राम प्लुटोनियम उत्पादन गरेको छ । जसबाट ८ वटा बम बनाउन सकिने दक्षिण कोरियाले जनाएको छ । उत्तरकोरियासँग २० देखि ६० वटा सम्म आणविम बम रहेको दक्षिण कोरियाका मन्त्री चो म्योङ ग्योनको दावि छ ।

आणविक हतियार निर्माण गर्ने कार्यक्रम स्थगित गर्ने प्रतिवद्धता व्यक्त गरेको उत्तर कोरिया माथि अमेरिकाले आर्थिक नाकाबन्दी जारी नै राखे उत्तर कोरिया आफ्नो प्रतिवद्धतामा बसिनै रहने वा बिकल्प खोज्ने भन्ने बिषयमा उत्तर कोरियामा बहस सुरु भएको छ ।

उत्तरकोरियाले आफूमाथि अमेरिकाले लगाएको आर्थिक प्रतिबन्ध हटाउने आशा गरेको छ । यस्तो बेला सहजकर्ताको भुमिका निर्वाह गरिरहेका दक्षिण कोरियाका एक मन्त्री चो म्योङ ग्येनले संसदमा सम्बोधन गर्दै उत्तर कोरियासँग २० देखि ६० वटा सम्म आणविक बम रहेको दावी गरेपछि उत्तर कोरियाका अधिकारीहरु क्रुद्ध बनेका छन् ।

मन्त्री ग्योनले सो जानकारी गुप्तचरसंस्थबाट प्राप्त विवरणको आधारमा दिएको कुरा बताएका छन् । उत्तर कोरियाले ५० किलोग्राम प्लुटोनियम उत्पादन गरेको जनाउँदै त्यस बाट ८ वटा बम बनाउन सकिने दावी दक्षिण कोरियाको रहेको छ ।

यस्ता विवादास्पद टिप्पणीबाट उत्तर र दक्षिण कोरिणको सम्बन्धमा असर पर्न सक्ने विशेषज्ञहरुको जिकिर छ । अमेरिकासम्म मार हान्न सक्ने ब्यालेष्टिक मिसाइल बनाएको उत्तर कोरियाले अमेरिकासँग सम्बन्ध सुधारको क्रममा यस्ता मिसाइलको उत्पादन र परिक्षण स्थगित गर्ने जनाएको थियो ।

त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उत्तर कोरियाका शासकले सिंगापुरमा वार्ता गरेका थिए । वार्ता पछि साढे ३ महिनाको अवधिमा उच्च स्तरिय भ्रमणको आदान प्रदान भएता पनि अमेरिकाको आर्थिक नाकाबन्दि झेल्दै आएको उत्तर कोरियामाथिको नाकाबन्दी हटेको छैन ।

प्रतिवन्ध नहट्दा उत्तर कोरियाका शासक किम जोङ उन निराश बनेका छन् । अमेरिका र उत्तर कोरियाबीच थप वार्ताका लागि अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ आगामी आइतबार उत्तर कोरियाको भ्रमण गर्ने भएका छन् ।

अमेरिकाका विदेश मन्त्रीको यो चौथो पटक उत्तर कोरियाको भ्रमण हुन लागेको हो । जसबाट आणविक निःशस्त्रीकरणको प्रक्रियामा ठोस प्रगति हुने अमेरिकी विदेश मन्त्रिले बताएका छन् । यस्तोबेला दक्षिण कोरियाले उत्तर कोरियालाई आणविक हतियार बारे लक्षित गरि टिप्पणी गर्दा समस्या बल्झिने अन्तर्राष्ट्रिय विश्लेषकहरुको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);