उत्तर कोरियाले उच्च पदस्थ अधिकारी पठाउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

उत्तर कोरियाले उच्च पदस्थ अधिकारी पठाउँदै

एजेन्सी, २२ माघ । उत्तर कोरियाले ओलम्पिक खेलमा सहभागीताबारे छलफल गर्न अहिलेसम्मकै उच्चस्तरीय टोली दक्षिण कोरिया पठाउने भएको छ ।

उत्तर कोरियाले संसद प्रमुख किम योङ नामको नेतृत्वमा २२ सदस्यीय उच्चस्तरीय टोली दक्षिण कोरिया पठाउने भएको हो । नाम उत्तर कोरियाका सेरेमोनियल राष्ट्र प्रमुख समेत हुनहुन्छ । उत्तर कोरियाबाट दक्षिण कोरियामा हुन लागेको यो चार वर्षयताकै उच्चस्तरीय भ्रमण भएको दक्षिण कोरियाको एकीकरण मन्त्रालयले जनाएको छ ।

वार्तामा सहभागी हुन किम नेतृत्वको टोली पानी जहाजबाट दक्षिण कोरिया पुग्ने छ । उत्तर कोरिया र रसियावीच सञ्चालन हुँदै आएको एक प्रकारको फेरिमा चढेर उत्तरको उच्चस्तरीय टोली दक्षिण प्रवेश गर्ने मन्त्रालयले जनाएको छ । दक्षिणले सन् २०१० देखि नै उत्तरका पानीजहाजलाई दक्षिणी तट प्रवेशमा रोक लगाएको भए पनि यो उच्चस्तरीय वार्ताका लागि सो प्रतिबन्ध खुलाइने दक्षिणको मन्त्रालयले जनाएको छ ।

उत्तर कोरिया र दक्षिण कोरियाबीच शत्रुतापूर्ण सम्वन्ध छ । उत्तर कोरियाको आणविक अस्त्र परीक्षणले कटुतालाई झन् बढाएको छ । फेब्रुअरी ९ देखि २५ सम्म हुने ओलम्पिकलाई दुवै कोरियाबीचको सम्वन्ध सुधारको अवसरको रुपमा पनि लिइएको छ । ओलम्पिक उदघाटन समारोहमा दुबै कोरियाका खेलाडीहरुले एउटै झण्डा मुनि मार्चपास गर्ने बीबीसीले जनाएको छ ।अहिलेसम्मकै उच्चस्तरीय टोली दक्षिण कोरिया पठाउने भएको छ ।

शुक्रबार हुने वार्ताको नेतृत्व उत्तर कोरियाका संसद प्रमुख किम योङ नामले गर्ने भएका छन् । उनी उत्तर कोरियाका सेरेमोनियल राष्ट्रप्रमुखसमेत हुन् । उनी २२ सदस्यीय टोलीको नेतृत्व गर्दै दक्षिण कोरिया जान लागेका हुन् । उत्तर कोरियाबाट दक्षिण कोरियामा हुन लागेको यो चार वर्षयताकै उच्चस्तरीय भ्रमण रहेको दक्षिण कोरियाको एकीकरण मन्त्रालयले जनाएको छ ।

वार्तामा सहभागी हुन किम नेतृत्वको टोली पानी जहाजबाट दक्षिण कोरिया पुग्ने छ । उत्तर कोरिया र रसियावीच सञ्चालन हुादै आएको एक प्रकारको फेरिमा चढेर उत्तरको उच्चस्तरीय टोली दक्षिण प्रवेश गर्ने मन्त्रालयले जनाएको छ । दक्षिणले सन् २०१० देखि नै उत्तरका पानीजहाजलाई दक्षिणी तट प्रवेशमा रोक लगाएको भए पनि यो उच्चस्तरीय वार्ताका लागि सो प्रतिबन्ध खुलाइने दक्षिणको मन्त्रालयले जनाएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);