माल्दिभ्समा १५ दिने आपत्कालीन अवस्था घोषणा, पूर्वराष्ट्रपति पक्राउ गरिएको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

माल्दिभ्समा १५ दिने आपत्कालीन अवस्था घोषणा, पूर्वराष्ट्रपति पक्राउ गरिएको आरोप

maldivs

एजेन्सी, २३ माघ । माल्दिभ्समा संवैधानिक संकट गहिरिंदै जाँदा सरकारले १५ दिनका लागि आपतकालिन स्थितिको घोषणा गरेको छ ।सरकारले आपतकालिन स्थितिको घोषणा गरेलगत्तै सुरक्षाकर्मीले सर्वोच्च अदालत परिसरभित्र प्रवेश गरेर प्रधानन्यायाधीश अब्दुल्ला सइद र न्यायाधीश अली हमीदलाई पक्राउ गरेका छन् ।

सर्वोच्च अदालतले गत शुक्रबार केही राजबन्दीहरुलाई रिहा गर्न तथा १२ जना सांसदहरुलाई पुनर्बहाली गर्न आदेश दिएपछि सरकारले यस्तो प्रतिकृया जनाएको हो ।माल्दिभ्स सरकारले यसअघि संसदलाई निलम्बन गर्नुका साथै सर्वोच्च अदालतले राष्ट्रपति अब्दुल्लाह यामीनलाई महाभियोग लगाउने कुनै कदम उठाए त्यसको प्रतिरोध गर्न सेनालाई आदेश दिएको थियो । सरकारले अदालतको आदेश कार्यान्वयन गर्छु भन्ने प्रहरी प्रमुखलाई पनि बर्खास्त गरेको छ ।

विपक्षी दलहरुले भूतपूर्व राष्ट्रपति मौमुन अब्दुल गयुमलाई पनि पक्राउ गरिएको बताएका छन् । तर अधिकारीहरुले त्यसबारे केही बताएका छैनन् । सरकारले सर्वोच्च अदालतको आदेश पालना नगर्ने जनाएपछि माल्दिभ्समा संवैधानिक संकट उत्पन्न भएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);