सर्वोच्च अदालतको आदेश नमान्न सुरक्षा निकायलाई माल्दिभ्स सरकारको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १९ २०८०, सोमबार

सर्वोच्च अदालतको आदेश नमान्न सुरक्षा निकायलाई माल्दिभ्स सरकारको निर्देशन

एजेन्सी, माघ २२ ।  माल्दिभ्स सरकारले राष्ट्रपति अब्दुल्लाह यामिनलाई गिरफ्तार गर्न वा महाभियोग लगाउन सर्वोच्च अदालतले आदेश दिए नमान्न सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

माल्दिभ्सको सर्वोच्च अदालतले पूर्व राष्ट्रपति मोहम्मद नसिदमाथि लागेको आतंकवादको आरोप खारेज गर्दै पक्राउ परेका विपक्षी ९ जना सांसदलाई रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि महान्यायाधीवक्ता मोहम्मद अनिलले सर्वोच्च अदालतले राष्ट्रपतिलाई पदच्युत गराउन खोजेको आरोप लगाए ।

उनले सर्वोच्च अदालतले राष्ट्रपतिलाई गिरफ्तार गर्न आदेश दिए त्यो असंवैधानिक हुने भन्दै सेना र प्रहरीलाई असंवैधानिक आदेश पालना नगर्न निर्देशन दिएका छन् । विपक्षी दल माल्दिभ्स डेमोक्रेटिक पार्टीले भने अदालतको आदेशको पालना गर्न सरकारलाई आग्रह गरेको छ । विपक्षी दलका प्रवक्ता अब्दुल गफूरले सरकारले आदेशको पालना गर्नुको साटो प्रधानन्यायाधीशसहित दुई जना वरिष्ठ न्यायाधीशलाई पक्राउ गर्ने प्रयास गरेको आरोप लगाएका छन् ।

यसैबीच पूर्वराष्ट्रपति मोहम्मद नासिदले राष्ट्रपति यामिनले तत्काल सत्ता छाड्नुपर्ने बताएका छन् । उनले सुरक्षा फौजलाई देशको संविधानको रक्षा गर्न पनि आह्वान गरेका छन् । नासिद हाल श्रीलंकामा निर्वासनमा छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);