सरकारलाई कारबाही गर्ने सर्वोच्चको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सरकारलाई कारबाही गर्ने सर्वोच्चको चेतावनी

sarbochha adalat

काठमाडौं, ३० भदौ । आफूले दिएको आदेश पटकपटक उल्लंघन गरेको भन्दै सर्वोच्च अदालतले सरकारलाई कारबाही गर्ने कडा चेतावनी दिएको छ । सर्वोच्च अदालतले सरकारलाई संविधनको धारा १२८ (४) अनुसार आफ्नो आदेश अवहेलना गरेकाले कारबाही गर्ने चेतावनी दिएको छ ।

संविधनको धारा १२८ को उपधारा ४ मा अदालतको आदेश वा फैसला अवज्ञा गरेमा कानुनबमोजिम अवहेलनामा कारबाही चलाई सजाय गर्न सक्ने उल्लेख छ ।

सर्वोच्चले चारपटकसम्म नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई रिहा गर्न आदेश दिए पनि सरकारले सर्वोच्चबाटै पक्राउ गर्दै आएको छ ।

न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले शुक्रबार अवहेलना मुद्दामा कारबाही गर्ने चेतावनी दिएको हो ।

यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);