बाबा रामदेव र उहाँका सहयोगी आचार्य बालकृष्ण भारतको सर्वोच्च अदालतमा उपस्थित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बाबा रामदेव र उहाँका सहयोगी आचार्य बालकृष्ण भारतको सर्वोच्च अदालतमा उपस्थित

काठमाडौं,२० चैत योग गुरू बाबा रामदेव र उहाँका सहयोगी आचार्य बालकृष्ण भारतको सर्वोच्च अदालतमा उपस्थित हुनु भएको छ ।

पतञ्जली आयुर्वेदको भ्रामक विज्ञापनको मुद्दामा उहाँहरू मंगलबार भारतीय सर्वोच्च अदालतमा हाजिर हुनुभएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

सर्वोच्चले उहाँहरूलाई आफ्नो निर्देशनको पालना नगरे कारबाही भोग्नको लागि तयार रहन समेत भनेको छ । पतञ्जली आयुर्वेदको भ्रामक विज्ञापनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले दुवैलाई चेतावनी दिएको छ ।

पतञ्जलीले गत महिना उक्त विषयमा माफी मागे पनि अदालतले कम्पनीको यस प्रकारको माफीबाट आफू खुसी नभएको बताएको थियो ।

अदालतले माफीको मुद्दामा असन्तुष्टि व्यक्त गरेपछि रामदेवका वकिलले रामदेव र बालकृष्ण दुवै व्यक्तिगत रूपमा माफी माग्न तयार रहेको बताउनु भएको थियो ।

सर्वोच्च अदालतले २७ फेब्रुअरीमा पतञ्जलीलाई विद्युतीय र छापा माध्यमबाट आफ्नो औषधिसँग सम्बन्धित सबै भ्रामक विज्ञापन तत्काल हटाउन आदेश दिएको थियो ।
०००

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);