बजेट र योजना पुरानो ढाँचाको भन्दा पनि नयाँ प्रशासकीय स्वरुप झल्कने गरी बनाउन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको सुझाव | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

बजेट र योजना पुरानो ढाँचाको भन्दा पनि नयाँ प्रशासकीय स्वरुप झल्कने गरी बनाउन सरकारलाई राष्ट्रिय सभा अध्यक्षको सुझाव

काठमाडौं,२० चैत राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले बजेट र योजना पुरानो ढाँचाको भन्दा पनि नयाँ प्रशासकीय स्वरुप झल्कने
गरी बनाउन सरकारलाई सुझाव दिनुभएको छ ।

मंगलवार राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा अध्यक्ष दाहालले योजनाहरु पुरानो सोच झल्कने गरी आउने गरेको भन्दै त्यो परिवर्तन गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले अर्थ मन्त्रालय र योजना आयोगले बजेट र योजना बनाउँदा संघीय संरचनालाई प्राथमिकता राखेर बनाउन सुझाव दिनुभयो ।

बैठकमा समितिका सदस्यहरुले बजेट उत्पादन, उत्पादकत्व र रोजगारी बढाउनेमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।

बैठकमा अधिकांश सांसदहरुले राष्ट्रिय आवश्यकता र क्षमताको आधार बजेट बनाएर अर्थतन्त्रका समस्या समाधान हुनु पर्नेबताए

बैठकमा अर्थमन्त्रालयका सचिव डा.कृष्णहरी पुस्करले बजेट निर्माण गर्दा पहँुचका आधारमा योजना छनोट नहुने दाबी गर्नुभयो ।

उहाँले अर्थमन्त्रालय विकासको आफै विज्ञ नभएको भन्दै विज्ञताका आधारमा मन्त्रालयले बजेट उपलब्धता गराउने स्पष्ट गर्नुभयो ।

उहाँले आगामी वर्षको बजेट आमनिरासा चिरेर उत्साह जगाउँदै सरकारको प्रतिवद्धता अनुरुप आउने दाबी गर्नूृभयो ।
०००

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);