निजगढ विमानस्थलको ग्लोबल टेन्डर ४ महिनामा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

निजगढ विमानस्थलको ग्लोबल टेन्डर ४ महिनामा

airport nigghad

काठमाडौं, २९ भदौ । सरकारले प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि आशयपत्र आह्वानको तयारी गर्ने जिम्मेवारी नागरिक उड्डयन प्राधिकरणलाई दिएको छ ।

सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण गर्न लागिएको उक्त विमानस्थलका लागि दुई साताभित्रै आवश्यक आशयपत्र तयार गर्न प्राधिकरणलाई जिम्मेवारी दिइएको हो । प्राधिकरणबाट शर्तसहितको आवश्यक आह्वानपत्र तयार गरेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले टेन्डर प्रक्रिया थाल्ने भएको छ ।

मन्त्रालयले ग्लोबल टेन्डरमार्फत आशयपत्र माग्नका लागि प्राधिकरणमा पत्र पठाएको हो । “आशयपत्र माग्ने काम अबको ४ महिनाभित्र सम्पन्न गर्दै निर्माण प्रक्रिया अगाडि बढाउने तयारी गरेका छौ,” संस्कृति ,पर्र्यटन तथा नागरिक उडुडयन मन्त्री रवीन्द्र अधिकारीले भने ।
सरकारले दुई साता अघिमात्रै मोडालिटी टुंग्याउँदै आशयपत्र माग्ने निर्णय गरेको थियो । जसमा अर्थ मन्त्रालय, योजना आयोग र लगानीबोर्डसमेतले सहमति दिइसकेका छन् । आशयपत्र माग्ने निर्णयसँगै आधा दर्जनभन्दा बढी मुलुकका कम्पनीहरूले चासो दिएकोले निजगढ विमानस्थल निर्माणले गति लिने मन्त्री अधिकारीले दावी गरे ।

२ लाख रुखमात्र काटिने
निजगढ विमानस्थलका लागि बारामा १ लाख ९५ हजार मात्रै रुख काट्ने योजना छ । अहिले प्रचार गरिएजस्तो २४ लाख रुख काट्ने कुनै योजना नभएको मन्त्री अधिकारीले स्पष्ट पारेका छन् । “आवश्यकताबमोजिम रुख काटिने हो र काटिएपछि रोप्ने विषयमा समेत छलफल भइरहेको छ,” मन्त्री अधिकारीले भने । एसियाकै हव विमानस्थलको रुपमा निर्माण गर्न लागिएको विमानस्थल १ हजार ८ सय हेक्टरमा फैलने छ । “८ हजार हेक्टर भनेको विमानस्थलको एरिया हो, १ हजार ८ सय हेक्टरको मात्रै रुख काटिने हो,” मन्त्री अधिकारीले भने ।

८० प्रतिशत भूभाग जंगल
विमानस्थल निर्माणपश्चात हाल रहेको जंगलसमेत ८० प्रतिशत बाँकी रहने छ । विमानस्थलका लागि आवश्यक ११ हजार ७ सय ७५ विघा जग्गामध्ये ७ सय ५० बिघा जग्गामा १ हजार ४ सय घरधुरी भने सुकुम्बासी वस्ती छ भने १ सय १० बिघा क्षेत्रफल व्यक्तिको जग्गा हो । बाँकी १० हजार ९ सय १५ बिघामा भने घना जंगल छ । आजको कारोबार दैनिकमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);