ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’

काठमाडौँ ।

ललितपुरको बखुन्डोलस्थित नेपालको पहिलो शुन्य फोहोर अवधारणामा आधारित ‘जेरो क्याफे’ले विश्व वातावरण दिवसको उपलक्ष्यमा प्लास्टिकजन्य फोहोर रिसाइकलसम्बन्धी कक्षाहरु सञ्चालन गरेको छ । शुक्रवार विश्व वातावरण दिवसको अवसरमा क्याफेले स्थानीय उत्पादनको प्रयोग गर्दै फोहोर न्युनिकरण अभियानलाई प्रवद्र्धन गर्ने लक्ष्यसहित प्लास्टिकजन्य फोहोर व्यवस्थापनसम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेको हो ।

क्याफेका सञ्चालन नविन विकास महर्जनले क्याफेमा प्लास्टिकजन्य फोहोरलाई रिसाइकल गर्ने उपकरणहरु राखिएको बताउनु भयो ।  महर्जनले ग्राहकले आफूसँग रहेको प्लास्टिकजन्य फोहोर ल्याएर रिसाइकल गरी विभिन्न उपयोगी सामग्री बनाउनसक्ने बताउनु भयो । उहाँले पछिल्लो समय शहरी क्षेत्रमा प्लास्टिकजन्य फोहोरको समस्या बढ्दै गएको भन्दै त्यसको न्यूनिकरणको पहल स्वरुप क्याफे सञ्चालनमा ल्याइएको समेत बताउनु भयो ।

Leave a Reply