भारतीय इन्जिनियरले पत्ता लगाए प्लास्टिकबाट पेट्रोल, डिजेल बनाउने प्रविधि | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नयाँ दिल्ली, १७ मंसिर । फोहोरमा फालिएको प्लास्टिकबाट पेट्रोल बनाउने प्रयास नौलो होइन । तर अहिलेसम्म यस्ता प्रयास सार्थक भएर व्यावसायिक उपयोग सम्भव भएको यस्तो प्रविधि विकास हुन नसकिरहेका बेला एक भारतीय मेकानिकल इन्जिनियरले सम्भव बनाएका छन्।

भारतको हैदराबादका इन्जिनियर सतिसकुमारले फोहोरमा फालिएको प्लास्टिकबाट इन्धन बनाउने मात्र होइन व्यावसायिक उपयोग गर्न सकिने प्रविधि विकास गरेका छन् ।फोहोर प्लास्टिक पूर्णरुपमा कुहिन वा नष्ट हुन सयौं वर्ष लाग्छ र अहिले विश्वभर नै यस्तो स्थिति छ कि फोहोर प्लास्टिक बगेर समुद्रमा जम्मा भइरहेको छ।

सन् २०१५ मा भारत सरकारले तयार पारेको एउटा प्रतिवेदनअनुसार भारतका ६० वटा सहरले दैनिक ३ हजार ५ सय १ टन प्लास्टिकको फोहोर उत्पादन गरिरहेका छन् । हैदराबाद पनि ती ६० सहरमध्ये एक हो, जसले दैनिक २ सय टन फोहोर प्लास्टिक उत्पादन गरिरहेको छ।
यस्तो फोहोर प्लास्टिक नष्ट गर्नु ठूलो समस्या हो । खासमा प्लास्टिक रिसाइकल (फेरि प्रयोग) गर्न सकिन्छ । तर ६ पल्ट रिसाइकल गरेपछि प्लास्टिकलाई रिसाइकल गर्न सकिँदैन । त्यसपछि बाँकी रहेको प्लास्टिकको कुनै उपयोग गर्न सकिँदैन।

तर हैदराबादका इन्जिनियर सतिसकुमारले यस्तो प्रविधि विकास गरेका छन्, जसबाट काम नलाग्ने भइसकेको ‘डेड प्लास्टिक’लाई पनि उपयोग गर्न सकिन्छ ।‘कुनै उपयोग गर्न नसकिने प्लास्टिक फोहोर र रिसाइकल गर्न नसकिने प्लास्टिक उपयोग गर्नुपर्छ भन्ने लाग्यो र अनुसन्धान गर्न थालें’, हाइड्रोक्सी सिस्टम्स एन्ड रिसर्चका संस्थापक सतिसकुमार भन्छन्, ‘यो प्रक्रियामा डेड प्लास्टिकलाई हामी विशेष प्रक्रियाबाट गुजार्छौं, जसबाट हामी सिन्थेटिक डिजेल, सिन्थेटिक पेट्रोल, हवाईजहाजको सिन्थेटिक इन्धन, पेट्रो केक र यहाँसम्मकि पेट्रोलियम ग्यास पनि उत्पादन हुन्छ । हामीले बेकामे ठानेर फाल्ने प्लास्टिक फोहोरबाट यी सबै उत्पादन गर्न सकिन्छ ।’ – अन्नपूर्ण पोस्टबाट

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);