पद्मा मिडिया गु्रपद्वारा सञ्चालित माउण्टेन टेलिभिजन आठौं बर्षमा प्रवेश, सत्य तथ्य समाचार र विचार विविधतामा सन्तुलन कायम गर्ने प्रतिबद्धता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

पद्मा मिडिया गु्रपद्वारा सञ्चालित माउण्टेन टेलिभिजन आठौं बर्षमा प्रवेश, सत्य तथ्य समाचार र विचार विविधतामा सन्तुलन कायम गर्ने प्रतिबद्धता

mountain tv

काठमाडौं, २७ मंसिर । पद्मा मिडिया ग्रुपका अध्यक्ष राजु कँडेलले माउन्टेन टेलिभिजन र विजनेस प्लस टेलिभिजनलाई ग्रामिण क्षेत्रमा पनि विस्तार गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

माउण्टेन टेलिभिजनको आठौँ तथा बिजनेस प्लस टेलिभिजनको प्रथम वार्षिकोत्सवका अवसरमा मंगलबार राजधानीको एक होटलमा आयोजित कार्यक्रममा अध्यक्ष कँडेलले दूरदराजका जनताको आवाज समेट्ने उद्देश्यले टेलिभिजनलाई ग्रामिण क्षेत्रमा विस्तार गर्न लागिएको बताउनुभयो । साथै उहाँले कास्कीको पोखरा र जुम्लाबाट क्षेत्रीय प्रशारण सुरु गर्ने घोषणा पनि गर्नुभयो ।

सत्य–तथ्य समाचार र विचारको विविधतामा सन्तुलन आफूहरुको पहिलो प्राथमिकतामा हुने अध्यक्ष कँडेलको भनाइ थियो । उहाँले टेलिभिजनलाई विभिन्न कोणबाट सहयोग पु¥याएका सबैलाई धन्यवाद समेत ज्ञापन गर्नुभयो । कार्यक्रममा नेपाल सरकारका मन्त्री, पूर्वप्रधानमन्त्री, प्रदेश र प्रतिनिधिसभाका लागि निर्वाचित सांसद, राजनीतिज्ञ, सुरक्षा निकायका प्रमुख, विभिन्न क्षेत्र, संघ–संगठनका प्रतिनिधिहरुका सहभागिता रहेको थियो । वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै उनीहरुले सामाजिक रुपान्तरणमा माउण्टेन टेलिभिजन र बिजनेस प्लट टेलिभिजनले निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए । वार्षिकोत्सवको अवसरमा माउण्टेन टेलिभिजन नयाँ लोगोसमेत सार्वजनिक गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);