माउण्टेन टेलिभिजनको कार्यकारी निर्देशकमा दिनेश सुवेदी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

माउण्टेन टेलिभिजनको कार्यकारी निर्देशकमा दिनेश सुवेदी

काठमाडौं, ३ पौष । माउण्टेन टेलिभिजनको कार्यकारी निर्देशकमा दिनेश सुवेदी नियुक्त हुनुभएको छ । सञ्चारक्षेत्रमा लामो अनुभव सँगाल्नुभएका सुवेदीलाई आज पद्मा मिडिया ग्रुपका अध्यक्ष राजु कँडेलले स्वागत गर्नुभएको छ ।

सुवेदी लोकप्रीय कार्यक्रम सार्वजनिक सुनुवाईका सञ्चालक पनि हुनुहुन्छ । उहाँले विभिन्न समयमा पत्रपत्रिका र विभिन्न सञ्चारमाध्यममा कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

सुवेदीलाई स्वागतपछि पद्मा मिडिया ग्रुपका अध्यक्ष राजु कँडेलले निर्भिकताका साथ देश र जनताको हितमा सूचना र सन्देश प्रवाह गर्ने अभियानमा अझ सशक्त रुपमा प्रस्तुत हुने बताउनुभयो । उहाँले कार्यकारी निर्देशक सुवेदीलाई स्वागत गर्दै माउण्टेन टेलिभिजन सत्य, तथ्य र निष्पक्ष भई निरन्तर सक्रिय हुने बताउनुभयो ।

कार्यकारी निर्देशक दिनेश सुवेदीले स्वतन्त्र विचार नै निष्पक्ष हुने भएकाले त्यही आधारमा जनताको ज्वलन्त समस्या उठाउने सञ्चारमाध्यमका रुपमा माउण्टेन टेलिभिजनलाई अगाडि बढाउन भूमिका खेल्ने बताउनुभयो । उहाँले निर्भिक भएर विगतमा पनि कार्य गर्दै आएको र माउण्टेन टेलिभिजनमा अझ सशक्त रुपमा प्रस्तुत हुने बताउनुभयो ।

पद्मा ग्रुप अन्तर्गत माउण्टेन टेलिभिजन, बिजनेश प्लस, भक्ति दर्शन र इमाउन्टेनटीभी डट कम सञ्चालनमा रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);