संचार उद्योगमा फरक पहिचान बोकेको माउण्टेन टेलिभिजनको आज ११ वर्ष पूरा | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

संचार उद्योगमा फरक पहिचान बोकेको माउण्टेन टेलिभिजनको आज ११ वर्ष पूरा

काठमाडौं, २६ मंसिर । सत्य, तथ्य र निष्पक्ष समाचारको संवाहक सेतु बनेर माउण्टेन टेलिभिजनले आज ११ बर्षको यात्रा पूरा गरेको छ । पद्मा मिडिया ग्रुपको छाताभित्र माउण्टेन टेलिभिजन मार्फत समाज र राजनीतिको चिरफार, बिजनेश प्लस टेलिभिजनमार्फत मुलुकको समृद्धि, विकास र आर्थिक गतिविधिहरुमा खबरदारी र भक्तिदर्शन टेलिभिजनमार्फत धार्मिक, आध्यात्मिक चेतनाको ज्योति जगाउने प्रयास गरिरहेका छौं ।

नेपाली संचार उद्योगमा फरक पहिचान स्थापित गर्ने उद्देश्यका साथ हाम्रो सशक्त उपस्थिति भएको आज ११ वर्ष पुगेको छ । सत्य, तथ्य र निष्पक्ष समाचारको संवाहक सेतु बनेर एक दशकको यात्रा पार गरेको आमदर्शक माझ सुनाउन पाउँदा हामीलाई सुखानुभूति र गर्वानुभूति दुबै भैरहेको छ । समाचार च्यानल माउण्टेन टेलिभिजन मात्र होइन, मुलुकमा आर्थिक विकासको उद्देश्य बोकेको बिजनेश प्लस, जनजनमा र मनमनमा आध्यात्मिक चेतना जगाउन सक्रिय भक्ति दर्शन र पत्रकारिताको आधुनिक संस्करण अनलाइन पोर्टल ईमाउन्टेन डटकम हरबखत दर्शक तथा पाठकको सूचनाको तिर्खा मेटाउन सक्रिय छन् । नेपालको सञ्चार जगतमा बेग्लै पहिचान स्थापित गर्न सफल पद्मा मिडिया ग्रुप प्रालिद्वारा प्रबद्र्धित हाम्रा टेलिभिजनहरु अब दर्शकहरुको चाहना सम्बोधन गर्दै छिट्टै हाइ डेफिनेसन एचडी प्रविधिमार्फत नेपाली मिडिया उद्योगमा सशक्त उपस्थिति जनाउँदै छौं ।

पद्मा मिडिया ग्रुपको छाताभित्र माउण्टेन टेलिभिजन मार्फत समाज र राजनीतिको चिरफार, बिजनेश प्लस टेलिभिजनमार्फत मुलुकको समृद्धि, विकास र आर्थिक गतिविधिहरुमा खबरदारी र भक्तिदर्शन टेलिभिजनमार्फत धार्मिक, आध्यात्मिक चेतनाको ज्योति जगाउने काम हामीले गरिरहेका छौं । त्यसैले त हामीले सगौरव भन्ने गरेका छौं, हाम्रो उपस्थिति मुलुकको सञ्चार उद्योगमा पृथक छ ।

हाम्रा सञ्चार गृहले राष्ट्रियता, सार्वभौमिकताको पहरेदारी गरिरहेका छन् । यस्तै लोकतन्त्रिक मूल्य–मान्यता अडिग हामीहरु नागरिक अधिकारप्रति सचेत छौं । आर्थिक–सामाजिक रुपान्तरणमार्फत मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउने दिशामा हाम्रा सन्दर्भ सामग्रीहरु केन्द्रित छन् । हाम्रा प्रस्तुतीहरुलाई आमदर्शकले दिनु भएको मायाले अझै उर्जाका साथ अघि बढ्न प्रोत्साहन गराएको छ । समाचारको क्षेत्रलाई पृथक बनाउने अभिप्रायले आजभन्दा ११ वर्षअघि न्यूज च्यानलको रुपमा माउण्टेन टेलिभिजनको स्थापना भएको हो । समाचारमा शुद्धता हाम्रो प्रतिवद्धता र विकृति विसंगती विरुद्ध सशक्त प्रतिकार गर्दै अघि बढेको माउण्टेन टेलिभिजन वर्तमानमा संचार उद्योगभित्र स्थापित टेलिभिजनहरुको सूचीमा पर्न सफल भएको छ । आम दर्शकहरुको अपार मायाले गर्दा नै टेलिभिजन उद्योगमा दर्शकले रुचाइएको टेलिभिजन मध्यको एक बन्न पुगेको छ । त्यसकै कारण हामी आजपनि अनेकौ चुनौतिको सामना गरेर यो स्थानमा आइपुगेका छौ ।

सधैं देश, जनता र राष्ट्रियताको पक्षमा डटेर लागिरहेको अवस्थामा हामी दर्शकको मन मस्तिष्कमा बसेर माया पाउन सफल भएको हाम्रो विश्वास छ । हामीले गरेका कतिपय खवरदारीहरुकै कारण नीति, निर्माण गर्ने तहमा झक्झकाउने काम पनि भएको छ । देशले भोगेको बिषम परिस्थितिमा पनि हामी सँधै राष्ट्र, राष्ट्रियताकै पक्षमा सँधै लागिरह्यौ र लागिरहनेछौ । बिनाशकारी भूकम्पका समयमा पनि हामीले सूचना प्रवाहमा कुनै कन्जुस्याइँ गरेनौं । हाम्रा दर्शकलाई सू–सुचित गराइराख्यौं । समाचारमा हामीले कहिल्यै पनि सत्य र तथ्य भन्दा बाहिर आग्रह, पूर्वाग्रह, दल बिशेषको निकट वा दुरी राखेर प्रकाशन, प्रसारण गरेनौं । नकारात्मक मात्रै समाचार हो भन्ने मान्यता चिर्दै सकारात्मक परिवर्तनहरुलाई पनि हामीले हाम्रा समाचारका बिषयबस्तुहरुमा प्राथमिकता दिइरहेका छौं ।

देशभर तीनवटै टेलिभिजनका संवाददाताहरु सँधै सत्यतथ्य निष्पक्षतालाई नै मूलमन्त्र ठानेर काममा खटिइहरेका छन् । संघीय संरचना नहुँदै हामीले क्षेत्रिय कार्यालयहरु स्थापना गरि त्यहिँबाट स्टुडियो मार्फत प्रत्यक्ष प्रसारण गरेर कार्यक्रम उत्पादन गरि प्रसारण गरिरहेका छौं । जसका कारण दूर दराजमा रहेका नेपाली जनताका समस्यालाई सम्बन्धित निकायसम्म पुर्याउन सहजमात्र भएको छैन ती समस्यामा राज्यको ध्यानसमेत आकर्षित भएको छ । अहिले बदलिंदो परिस्थितिमा बिराटनगर, नेपालगन्ज, वीरगन्ज, पोखरा ,धनगढी, वुटवल लगायतका स्थानमा प्रदेश कार्यालय स्थापना गरि कतिपय महत्वपूर्ण सन्दर्भमा प्रत्यक्ष प्रसारण गरेर सूचना प्रवाह गरिरहेका छौं । कृषिका कुरा, अर्थतन्त्रका कुरा, महिलाका कुरा, स्वास्थ्यका समस्या, बालबालिकाका बिषय एवं जनचासोका बिविध पक्ष हाम्रा प्राथमिकता हुन् र रहने छन् ।

देशको बदलिँदो राजनीतिक परिवेशमा पनि हाम्रो टेलिभिजनले सँधै जनतालाई केन्द्रबिन्दुमा राखेर समाचार एवं समाचारमूलक कार्यक्रम पस्केन गरेको छ । २०७३ मंसिर २६ गते देशको आर्थिक समृद्धि र बिकासलाई मूलमन्त्र मानेर बिजनेस प्लस टेलिभिजनको स्थापना भएको हो । नेपाल सहित पूरै बिश्व कोरोना कहरमा हुँदा पनि हामीले हाम्रो अभियानलाई निरन्तर जारी राखेका छौं । आगामी दिनमा पनि निरन्तर जारी राख्ने छौं । सत्य तथ्य र निश्पक्ष हाम्रो मूलमन्त्र हुने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);