पद्मा मिडिया ग्रुपद्वारा सञ्चालित भक्ति दर्शन टेलिभिजन आठौं वर्षमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

पद्मा मिडिया ग्रुपद्वारा सञ्चालित भक्ति दर्शन टेलिभिजन आठौं वर्षमा प्रवेश

bhaktidarshan logo

काठमाडौं, २० चैत । धर्म, संस्कृति र संस्कारको संवाहकको रुपमा सेवारत नेपालको एकमात्र आधात्मिक तथा धार्मिक टेलिभिजन भक्तिदर्शन इन्टरनेशनल टेलिभिजनले आफ्नो स्थापनाको सातौवर्ष पूरा गरी आज देखि आठौं वर्षमा प्रवेश गरेको छ ।

पद्मा मिडिया ग्रुप अन्तर्गत संचालित भक्ति दर्शन टेलिभिजन धर्माे रक्षितः को मूल सिद्धान्तमा आधारित भएर धर्म र संस्कृतिको जगेर्नामा महत्वपूर्ण योगदान दिएको छ ।

टेलिभिजनको आठौं बार्षिकोत्सवको अवसरमा  पद्मा मिडिया ग्रुपका अध्यक्ष राजु प्रसाद कँडेलले आम दर्शकको रुची र चाहना अनुसार यस भक्ति दर्शन टेलिभिजनको प्रशारणलाई थप प्रभावकारि बनाउदै लगिने प्रतिवद्धता जनाउनु भएको छ ।

त्यसै गरि यस पद्मा मिडिया ग्रुपका कार्यकारि निर्देशक नीर शाहले यस टेलिभिजनको आफनो विशिष्ट उदेश्य, छुट्टै लक्ष्य रहेको बताउनुभएको छ  ।

पद्मा मिडिया ग्रुप अन्तर्गत भक्तिदर्शन टेलिभिजनसंगै माउण्टेन टेलिभिजन र बिजनेश प्लस टेलिभिजन पनि संचालित छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);