भक्ति दर्शन टेलिभिजनको ११औं वार्षिकोत्सव सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भक्ति दर्शन टेलिभिजनको ११औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । भक्ति दर्शन टेलिभिजन आजबाट दश वर्ष पूरा गरी एघारौं वर्षमा प्रवेश गरेको छ । २०६८ सालमा स्थापना भई अनवरत प्रसारण भइरहेको भक्ति दर्शनले यसै वर्षबाट भारतमा पनि प्रसारणको स्वीकृती पाइसकेको छ ।

पद्मा मिडिया ग्रुप तथा भक्ति दर्शन टेलिभिजनका अध्यक्ष राजु प्रसाद कँडेलले भारतबाट प्रसारणको स्वीकृती पाउने पहिलो टेलिभिजन च्यानल बन्न पाउँदा गर्व लागेको बताउनुभयो । उहाँले भक्ति दर्शन भारतको झण्डै १५० करोड दर्शकसम्म समेत पुगिसकेको बताउनुभयो ।

देश अध्यात्ममय हुन जरुरी रहेकोमा उहाँको जोड थियो । अध्यात्मिक बन्नु र अभ्यास गर्नु फरक भएको बताउँदै नेपालले अध्यात्मिक अभ्यासबाट दूरगामी लाभ लिनसक्ने बताउनुभयो । भक्ति दर्शन टेलिभिजनले अध्यात्मिक अभ्यास र ज्ञानको निरन्तर प्रवाह गरिरहेकोमा गर्व लागिरहेको बताउनुभयो ।

टेलिभिजनका कार्यकारी निर्देशक दिनेश सुवेदीले भक्ति दर्शन टेलिभिजनले देशमा अध्यात्मिक जागरण ल्याउन भूमिका खेलिरहेको बताउनुभयो । उहाँले टेलिभिजनले आगामी दिनमा अझ महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

भक्ति दर्शन टेलिभिजनकी प्रमुख रचना श्रेष्ठले ११औं वार्षिकोत्वसमा शुभकामना दिनुभयो । उहाँले सबैको साथ सहयोग र प्रेरणाले टेलिभिजनले अझ बढी प्रगति हासिल गर्ने बताउनुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);