जगद गुरु श्री कृपालु जी महाराजको प्राकट्य दिवस | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

जगद गुरु श्री कृपालु जी महाराजको प्राकट्य दिवस

आज शरद पूर्णिमा झण्डै ५ हजार बर्ष पहिले भगवान श्रीकृष्णले अधिकारी जनहरुलाई दिब्यतिदिब्य रस दिएको शुभ दिन यसै दिनको पावन घडिमा जगद्गुरुश्री कृपालुजी महाराजको यस धरणी धाममा अवतरण भएको थियो।

सन १९२२ को शरद पूर्णिमाको मध्य रातमा भारत बर्षको ईलहाबाद नजदिकको मनगढ भन्न गाँउमा उहाँको प्राकट्य भएको थियो।

आफ्नो सम्पूर्ण जिवन जिव मात्रको कल्याणकालागि खर्चनुहुने जगद्गुरुश्री महाराजका अनेकौ देशहरुमा आश्रमहरु रहेका छन् भने उहाँद्वारा प्रकाशित अध्यात्मिक पुस्तकहरु ऋहिले पनि अध्यात्म अनुरागी जनहरुका निमित्त पथ प्रर्दशकको रुपमा हेर्न गरिन्छ।

आफ्नो जिवनकालको सम्पूर्ण समय यस धर्तीलाई प्रदान गर्नुहुने जगद्गुरुश्री पंचम मूल जगद्गुरु र यस युगको जगद्गुरुत्तम पदबीबाट बिभूषित एक मात्र जगद्गुरु हुनुहुन्छ। संसारमा चलेका १२ वटा धर्महरुको समन्वयकर्ता समेत रहनुहुने जगद्गुरुश्री समन्वयाचार्य हुनुकासाथै भक्तियोग रसावतारबाट समेत बिभूषित हुनुहुन्छ।

उहाँद्वारा स्थापित भक्ति मन्दिर र प्रेम मन्दिरले अनन्तकालसम्म यस धर्तीलाई पावन गरिरहने छ। प्राकट्य दिवसको पावन अवसरमा भक्तिदर्शन टेलिभिजन परिवार हार्दिक नमन अर्पण गर्दछ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);