भक्तिदर्शन इन्टरनेशनल टेलिभिजनको श्रीराम कृपाल रथयात्रा सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

भक्तिदर्शन इन्टरनेशनल टेलिभिजनको श्रीराम कृपाल रथयात्रा सम्पन्न

शशीशेखर घिमिरे २३ चैत्र, काठमाण्डौं ।
रामनवमी पर्व तथा भक्तिदर्शन इन्टरनेशनल टेलिभिजनको पाँचौ बार्षिक उत्सवको अवसरमा काठमाण्डौमा श्रीराम कृपाल रथयात्रा सम्पन्न भएको छ । रथयात्रामा समाजका बिभिन्न क्षेत्र विशिष्ट व्यक्तित्वहरुका साथैठूलो संख्यामा साधक तथा सतसंगीहरुको सहभागीता रहेको थियो ।

भक्तिदर्शन इन्टरनेशनल टेलिभिजनको  श्रीराम कृपाल रथयात्रा सम्पन्न

शशीशेखर घिमिरे २३ चैत्र, काठमाण्डौं ।
रामनवमी पर्व तथा भक्तिदर्शन इन्टरनेशनल टेलिभिजनको पाँचौ बार्षिक उत्सवको अवसरमा काठमाण्डौमा श्रीराम कृपाल रथयात्रा सम्पन्न भएको  छ । रथयात्रामा समाजका बिभिन्न क्षेत्र विशिष्ट व्यक्तित्वहरुका साथैठूलो संख्यामा साधक तथा सतसंगीहरुको सहभागीता रहेको थियो ।

रथयात्राको समापन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नु भएको थियो । समापन समारोहलाइ सम्बोधन गर्दै उपराष्ट्रपति पुनले नेपालीहरुले धार्मिक स्वतन्त्रताको अनुभव र अभ्यास गर्दै आइरहेको बताउनु भयो । उहाँले भगवान श्रीरामको आदर्श चरित्र मानव जीवनमा उतार्नु पर्ने उल्लेख गर्दै नेपालको धार्मिक सहिष्णुता बिश्व समुदायका निमित्त उदाहरणीय रहेको बताउनु भयो ।

सो अवसरमा पद्मा ग्रुपका अध्यक्ष राजुप्रसाद कडेलले रामनवमीकै अवसरमा ५ बर्ष अघि  भक्ति दर्शन टेलिभिजन प्रसारणमा ल्याएको भन्दै देशका ५ वटा क्षेत्रिय प्रसारण केन्द मार्फत धर्म र संस्कृतिको जगेर्ना गर्न प्रयत्नशील रहेको बताउनु भयो । यस अघि बुधवार बिहान  मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले रथयात्राको  शुभारम्भ गर्नु भएको थियो ।

जगत्गुरु कृपालु प्रतिष्ठान नेपालको आयोजनामा उक्त  रथयात्रा गरिएको हो ।  रथयात्रा पबित्र पाशुपत क्षेत्रको  बनकालीबाट शुरु भई काठमाण्डौ महानगरको बिभिन्न भागको परिक्रमा गरी पुन बनकालीमै आएर समापन भएको थियो । रथयात्रामा भारतवाट आउनु भएका जगद्गुरु कृपालुजी महाराजद्वारा स्थापित जगद्गुरु कृपालु  परिषद्का अध्यक्ष पूज्य भिएसके दीदीहरुको समेत  सहभागिता रहेको थियो ।

धर्म, संस्कृति र संस्कारको संवाहक भक्तिदर्शन इन्टरनेशनल टेलिभिजन नेपालको एक मात्र धार्मिक टेलिभिजन हो । विक्रम संम्वत २०६९ सालको रामनवमी कै दिनबाट उक्त टेलिभिजनले आफ्नो प्रशारण आरम्भ गरेको थियो । धर्माे रक्षति रक्षितको मूल सिद्धान्तमा आधारित यस टेलिभिजन सर्वधर्म समन्वयमा आधारित टेलिभिजन हो ।

सनातन धर्मको रक्षा गर्दै एक आपसमा धार्मिक सद्भाव कायम राख्नु यस टेलिभिजनको उद्देश्य रहेको छ । यो टेलिभिजनले बिगत तीन बर्ष देखि रामनवमीको अवसरमा विशिष्ट अथितिको सहभागितामा  रथयात्रा गर्दै आएको  छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);