सहकारी संस्थाबाट दिउसै साढे चार लाख रुपैयाँ लुटियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

सहकारी संस्थाबाट दिउसै साढे चार लाख रुपैयाँ लुटियो

पाण्डव पुजारा, २२ चैत कैलाली ।
कैलालीको टीकापुर नगरपालिका–७, सत्तीमा रहेको सामुदायीक सहकारी संस्थाको करिब साढे चार लाख रुपैयाँ लुटिएको छ । दिउँसो करिब ३ बजेतिर दुईवटा मोटरसाइकलमा आएको चारजनाको समूहले रकम लुटेको प्रहरीले जनाएको छ ।

सहकारी संस्थाबाट दिउसै साढे चार लाख रुपैयाँ लुटियो

पाण्डव पुजारा, २२ चैत कैलाली । कैलालीको टीकापुर नगरपालिका–७, सत्तीमा रहेको सामुदायीक सहकारी संस्थाको करिब साढे चार लाख रुपैयाँ लुटिएको छ । दिउँसो करिब ३ बजेतिर दुईवटा मोटरसाइकलमा आएको चारजनाको समूहले रकम लुटेको प्रहरीले जनाएको छ । रुमाल मुखमा बाँधेर आएकाहरुले सहकारीभित्र प्रवेश गरी पेस्तोल देखाएर सेफ खोल्न लगाइ रकम लगेका जनाइएको छ ।

 

रकम लिएर उनीहरु नेपाल भारत सीमातिर गएका सहकारी कर्मचारीको भनाइ उदृत गर्दै प्रहरीले जनाएको छ । सहकारीमा सेक्युरिटी गार्डको व्यवस्था थिएन । लुटेराहरुको हुलिया खुल्न सकेको छैन । लुटिएको खबर पाएपछि सीमा नाकामा कडाइ गरेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);