एनएमबी बैंक लुटपाट गर्ने २० वर्षीय युवक पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

एनएमबी बैंक लुटपाट गर्ने २० वर्षीय युवक पक्राउ

महोत्तरी, ११ साउन । एनएमबी बैंक लुटपाट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरीको महोत्तरी गाउँपालिका–२ स्थित एनएमबि बैंकमा लुटपाट गरेका भारतीय मधुवनीका अजयकुमार साफी पक्राउ परेका हुन् ।

२० वर्षीय जयकुमार साफी गत जेठ १६ गते १५ लाख रुपैयाँ लुटेको घटनामा पनि संलग्न रहेको प्रहरीले जनाएको छ । चार–पाँच जनाको समूहमा आएको नकाबधारी समूहले बैंकका कर्मचारी तथा सेवाग्राहीसमेतलाई कब्जामा लिएर सो रकम लुटेका थिए । डाँका गरी नम्बर नखुलेको मोटरसाइकलमा उनीहरु फरार भएका थिए ।

उनलाई प्रहरीले बुधबार साँझ महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल भारत सीमा नजिकबाट पक्राउ गरेको हो । लुटपाटमा संलग्न अन्यको पहिचान भइसके पनि उनीहरु फरार छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);