खुकुरी देखाइ लुटपाट गर्ने एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

खुकुरी देखाइ लुटपाट गर्ने एक जना पक्राउ


दाङ,२० मंसिर। दाङमा प्रहरीले जंगलमा खुकुरी देखाइ लुटपाट गर्ने एक ब्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १३ का २८ बर्षीय दिल बहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यहि मंसिर १० गते करिब बेलुका ५ बजेतिर घर्ती र सोही ठाउँका गोले चौधरीले ज्यामिरे दहबाट फर्किन लागेका घोराही उपमहानगरपालिका ३ बस्ने ३८ बर्षीय बिनोद कुमार चौधरी र मेनुका चौधरीलाई एकान्त स्थान जंगलमा खुकुरी देखाइ धाकधम्की दिइ लुटपाट गरेका थिए ।

उनीहरुले चौधरीहरुको साथबाट २ वटा सुनको सिक्री सानो ठुलो गरी ४ वटा मोवाइल र नगद नेपाली १० हजार समेत लुटेर फरार भएका थिए। उक्त घटनाको बारेमा प्रहरीलाई जानकारी भएपछि तत्काल व्यापक प्रहरी परिचालन गरी सोही दिन साँझ लुटी लिएको सुनका सिक्रीहरु र १ थान मोबाइल सहित उक्त घटनामा संलग्न घर्तीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालउ दाङका प्रवक्ता एंव डिएसपी सुमित खड्काले जानकारी दिनुभयो ।

घर्तीलाई डाँका चोरी कसूर शिर्षक अन्तरगत अनुसन्धान भइरहेको र घटनामा संलग्न गोले चौधरीको खोजी कार्य भइराखेको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);