बालाजुमा महिलामाथि लुटपाट गर्ने दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बालाजुमा महिलामाथि लुटपाट गर्ने दुई जना पक्राउ

काठमाडौं । बालाजु सडकमा हिडिरहेकी एक महिलामाथि लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । महिलाको झोलामा रहेको गरगहना र नगद लुटपाट गरेको आरोपमा प्रहरीले रामेछापको उमाकुण्ड गाउँपालिका-३ घर भई हाल टोखा-३ बस्‍दै आएका २५ वर्षीय सागर दर्जी र टोखा नगरपालिका-३ बस्ने १९ वर्षीय अमिर महर्जनलाई पक्राउ गरेको हो ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरूले साउन २० गते मनमैजु र बानियाँटारबाट पनि लुटपाट गरेको प्रहरीको भनाइ छ ।

उनीहरूको साथबाट खुकुरी १ थान, मोबाइल २ थान, लागूऔषध गाँजाको धुलो ५५१ ग्राम, बा६३प ९४६५ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई कानुनी कारबाहीको लागि प्रहरी वृत बालाजु पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);