भाेजपुर,१७ मंसिर। भोजपुरको रामप्रसाद राई गाउँपालिका–१ बाट लोपोन्मुख बन्यजन्तु सालकको खपटा सहित १ जना पक्राउ परेका छन् ।
बिशेष सूचनाको आधारमा प्रहरी चौकी हर्कपुरबाट खटिएको प्रहरी टोलीले स्थानीय ३५ बर्षीय ईच्छा कुमार राईलाई डेढ केजी सालकको खपटा सहित पक्राउ गरेको हो ।
पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।




