जनकपुरबाट एक महिलाको दुई लाख रुपैयाँ लुटियो | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८३, आइतबार

जनकपुरबाट एक महिलाको दुई लाख रुपैयाँ लुटियो

काठमाडौं। मधेस प्रदेशको राजधानी जनकपुरधाममा बैंकबाट पैसा झिकेर फर्किने क्रममा एक महिलाको दुई लाख रुपैयाँ लुटिएको छ । सोमबार दिउँसो जनकपुरधाम–१ निवासी शर्मिला यादवको साथबाट रकम लुटिएको प्रहरीले जनाएको हो।

वडा नम्बर–१ मिल्स एरियास्थित एभरेष्ट बैंकबाट रकम निकालेर घर फर्किने क्रममा मोटरसाइकलमा आएका दुई जनाले यादवको रकम लुटेको प्रहरीको भनाइ छ।साउदीमा रहेका शर्मिलाका श्रीमान् देवशरणले पठाएको रकम बैंकबाट झिकेर उनी घरतर्फ जान लाग्दा मोनास्टिक स्कुलनजिकै लुटिएकी हुन्।
उनको झोलामा दुई लाख, नागरिकता, बैंकसम्बन्धी कागजात र थप ५ सय रहेको प्रहरीले जनाएको छ।

Leave a Reply