सप्तकोशी बैंक घोटला प्रकरण : सिइओसहित थप दुईजना कर्मचारी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

सप्तकोशी बैंक घोटला प्रकरण : सिइओसहित थप दुईजना कर्मचारी पक्राउ

विराटनगर । सप्तकोशी डेभलपमेन्ट बैंकको घोटला प्रकरणमा बैंकका प्रमुख कार्यकारी अधिकृत(सिइओ) नविन सुवेदी पक्राउ परेका छन् । सिइओ सुवेदीलाई बुधबार साझ मोरङ प्रहरीले पक्राउ गरेको छ ।

उनीसँगै अधिकृत अमित थापा मगर र बैंकका लेखा प्रमुख देवीप्रसाद भण्डारीलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । बैंकको रेमिटेन्सको १६ करोड रकम हिनामिना गरेको आरोप उनीहहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठले बताए ।

बैंकबाट गायव रकममध्ये अधिकांश रकम सिइओकै आफन्तको खातामा रहेको पाइएपछि उनलाई प्रहरीले नियनत्रणमा लिएको हो । बैंकको नाफा बापतको १६ करोड रुपैयाँ आफन्तको नाममा बैंककै कर्मचारीले निकालेको खुलेको स्रोतले जनाएको छ । 

विराटनगरस्थित कर्पोरेट कार्यालयमा जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख रहेका हिमाल भट्टराई रकम हिनामिना गरेको आरोपमा यस अघिनै पक्राउ परिसकेका छन् ।

नविन सुवेदीकी ठूलो बुवाकी छोरी झापाको गौरादहकी वविता सुवेदीको नाममा १४ करोड रुपैयाँ निकालेको देखिएको थियो भने एक सञ्चालकले जानकारी दिए । सिइओ सुवेदी र पक्राउ परेका भट्टराई मामा–फुपुका छोरा दाजुभाइ हुन् ।

वविताको नाममा रहेका ९९९००००१५००१५ नम्बरको बचत खातामा ५ वर्षदेखि अर्थात् सन् २०१६ देखि २०२१ अगस्त २ सम्ममा १४ करोड रुपैयाँ बढी रकम जम्मा भएको देखिएपछि सुवेदी समेत सकाको घेरामा परेका थिए । सिइओ सुवेदीले भाउजु भगवती सुवेदीको ९९९००००८९२०१ नम्बरको बचत खातामा पनि विभिन्न मितिमा रकम जम्मा गरेको देखिएको थियो ।  

सिइओ सुवेदीका साला साजन पोखरेलकी जेठी सासु बानी पोखरेल र बैंकका एचआर प्रमुख परमा काफ्लेको खातामा पनि पैसा जम्मा भएको देखिएको जनाइएको छ ।  

बैंकमा अनियमितता बढ्दै गएपछि बैंककै एक कर्मचारीले नेपाल राष्ट्र बैंकमा उजुरी दिएका थिए । उजुरीका आधारमा राष्ट्र बैंकले पत्राचार गरेपछि मात्रै बैंकको नाफा रकम हिनामिना भएको सञ्चालक समितिले थाहा भएको थियो । रकम हिनामिना भएको पत्र राष्ट्र बैंकले पठाएपछि सञ्चालक समिति अध्यक्ष निरौलालाई हटाएर डा. अर्जुन बराललाई पुस १ गतेदेखि अध्यक्ष तोकिएको छ ।

प्रहरीले मंसिर १९ गते भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । सीईओ सुवेदीले आफैंले जीएसडी प्रमुख भट्टराईविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका छन् । नेपाल राष्ट्र बैंक र प्रहरीको सेन्ट्रल इन्भेस्टिगेसन ब्यूरोले पनि अनुसन्धान गरिरहेको बैंकले जनाएको छ । 

विभिन्न निकायले अनुसन्धान गरिरहेको हुँदा अनियमिततामा क–कसको संलग्नता छ भन्ने अनुसन्धान सकिएपछि मात्रै भन्न सकिने बरालले बताए । बैंकका निक्षेपकर्ता तथा लगानीकर्ताको रकममा कुनै आँच नआउने अध्यक्ष बरालले बताए । 

नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त बैंकको केन्द्रीय कार्यालय धनकुटामा रहेको छ । बैंकका १ नम्बर प्रदेशभर ३६ शाखा कार्यालय छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);