अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं । अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रंगेली  नगरपालिका–६ पिपलचोक ठेगाना भएका २० वर्षीय धिरेन कुमार मण्डल रहेका छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो । 

सामाजिक सञ्जाल वाट्सएप, इमो, फेसबुकको दुरुपयोग गरी उनले ठगी गरेको आरोप प्रहरीले लगाएको छ । लक्की ड्र मार्फत २५ लाखको चिट्ठा परेको भन्दै उनले विभिन्न व्यक्तिसँग बैंक खाता र ओटीपी कोड लिई रकम आफ्नो बैंक खातामा सारेको प्रहरीले जनाएको छ । उनले दुई लाख एक हजार रूपैयाँ ठगी गरेको प्रहरीले बताएको छ । 

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय  रंगेली मोरङसँग आवश्यक समन्यव गरी उनलाई पक्राउ गरेको हो । उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि  महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);