लुम्बिनी विकास बैंकको सिइओ बोहराले गरे पदबहाली | ईमाउण्टेन समाचार

Our Network

भदौ १२ २०८३, शनिबार

लुम्बिनी विकास बैंकको सिइओ बोहराले गरे पदबहाली

काठमाडौं। लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा पुनः नियुक्त भएका नरेशसिंह बोहराले मंगलबार पदबहाली गरेका छन् ।

बैंकले दोस्रो कार्यकालको लागि सिइओमा बोहरालाई २ साउनबाट लागू हुने गरी चार वर्षको पदावधिसहित नियुक्ति गरेको हो । एक कार्यक्रमको आयोजना गरी बैंकले उनलाई स्वागत गरेको छ । पदबहाली कार्यक्रममा बैंकका सञ्चालक समितिका मनोनीत अध्यक्ष प्रवीणकृष्ण श्रेष्ठ, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकाल, नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, विभागीय प्रमुखहरू, शाखा प्रबन्धकहरूलगायत कर्मचारीहरूको उपस्थिति थियो ।

Leave a Reply