साना किसान विकास बैंककाे खुद मुनाफा ३३ करोड ८ लाख | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

साना किसान विकास बैंककाे खुद मुनाफा ३३ करोड ८ लाख

काठमाडौं, २९ मंसिर । साना किसान विकास बैंकले आर्थिक वर्ष २०७३-०७४ मा ३३ करोड ८ लाख खुद मुनाफा गरेको छ । बैंकले आफ्नो स्थापनाको १३ औं वार्षिक साधारण सभाको अवसर पारेर शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०७३-०७४ को खुद मुनाफा ३३ करोड ८ लाख रहेको जानकारी गराएको हो ।

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत डा. शिवरामप्रसाद कोइरालाले सेयरधनीहरुलाई लगानीको प्रतिफल स्वरुप बोनस सेयर २५ प्रतिशत र कर प्रयोजनका लागि नगद लाभांस करिव २ प्रतिशत उपलब्ध गराउन लागिएको बताए ।

यस बैंकको अधिकृत तथा जारी पूँजी १ अर्ब पुर्याउने लक्ष्य लिइएको छ । बैंकको चुक्तापूँजी ६२ करोड ८८ लाख २७ हजार ९ सय ३० पुगेको छ।

अघिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);