आर्थिक वर्ष २०७२/०७३ मा लगानी कोषकाे नाफा २३ करोड ७२ लाख | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आर्थिक वर्ष २०७२/०७३ मा लगानी कोषकाे नाफा २३ करोड ७२ लाख

काठमाडौं, ७ वैशाख । नागरिक लगानी कोषले २३ करोड ७२ लाख ७३ हजार खुद मुनाफा आर्जन गर्न सफल भएको छ । शुक्रबार काठमाडौंमा आयोजित २२ औं साधारण सभामा आर्थिक वर्ष २०७२/०७३ मा कोषले २३ करोड ७२ लाख ७३ हजार मुनाफा आर्जन सफल भएको जानकारी गराइएको हो । कोषका अध्यक्ष महाश्रम शर्माले आर्थिक वर्ष २०७३/०७४ को आषाढ मसान्तसम्ममा कोष संकलन उच्च दरमा भएको जानकारी दिए ।

अध्यक्ष शर्माका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा ८२ अरव २७ करोड ९१ लाख पुगेको कोष संकलन आर्थिक वर्ष २०७३/०७४ मा १३ दशमलव ६९ प्रतिशतले वृद्धि भई ९३ अरव ५४ करोड ५१ लाख पुगेको हो ।

कोषले बचत कार्यक्रमको दायरा अन्तराष्ट्रियस्तरमा समेत विस्तार गरी विदेशस्थित नेपाली कामदारहरुलाई सामूहिक लगानी कोष कार्यक्रममा सहभागी गराउन दक्षिण कोरियामा नागरिक एकांक योजना पनि संचालन गरिएको जनाएको छ ।

कोषले सेयरधनीहरुलाई दिने आवास कर्जाको सीमा बढाई ४० लाख पु¥याएको छ भने शैक्षिक कर्जा ३५ लाखसम्म प्रदान गर्ने व्यवस्था पनि गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);