भीम अस्पतालको अध्यक्षमा भण्डारीले गरे पुनः पदबहाली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

भीम अस्पतालको अध्यक्षमा भण्डारीले गरे पुनः पदबहाली

भैरहवा। भीम अस्पताल विकास समितिको अध्यक्षमा नारायणप्रसाद भण्डारीले पुनः  पदबहाली गरेका छन् । लुम्बिनी प्रदेश सरकारले कार्याकाल पूरा नहुँदै पदमुक्त गरेका भण्डारीले बुधबार अध्यक्षमा पुनः बहाली गरेका हुन् ।

भण्डारीलाई गत १२ असारमा सर्वोच्च अदालतले पुनर्वहाली गरको थियो । तर,  प्रदेश सरकारले उक्त आदेशलाई बेवास्ता गर्दै आएको थियो । तीन वर्षका लागि अस्पताल विकास समिति अध्यक्षमा नियुक्त भएका भण्डारीलाई हटाएर प्रदेश सरकारले २३ फागुन ०७८ मा कुलप्रसाद न्यौपानेलाई नियुक्त गरेको थियो । भण्डारी पुनः सर्वोच्च अदालत पुगेका थिए । अदालतको आदेशले पुनः अध्यक्षमा बहाली भएका हुन् । आठ महिना काम गरेपछि सरकारले भण्डारीलाई अध्यक्षबाट हटाएको थियो ।अदालतले भण्डारीलाई अध्यक्षमा बहाली गरेपछि न्यौपानेले बुधबार पद छाडेका थिए । पद बहालीसँगै उनले कामकाज सुरु गरेका छन् । पदबहाली गर्ने क्रममा अध्यक्ष भण्डारीले आफू अस्पताल व्यवस्थित गर्न सफल भएको बताएका थिए । सुरुवाती कामलाई निरन्तरता दिँदै अबको २० महिना सबैसँग मिलेर अस्पतालका समस्या समाधान गर्ने र अझै उत्कृष्ट बनाएर लैजाने प्रतिबद्धता जनाए ।

अस्पतालकी मेसु डा. शकुन्तला गुप्ताले विकास समितिसँग मिलेर अस्पताल सुधार र गुणस्तरीय सेवाका लागि काम गर्ने बताइन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);