पथलैयामा ट्रमा सेन्टर तत्काल सञ्चालन गर्न माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

पथलैयामा ट्रमा सेन्टर तत्काल सञ्चालन गर्न माग

बारा। बाराको जितपुरसिमरा सार्वजनिक सरोकार समितिले पथलैयामा ट्रमा सेन्टर सञ्चालन गर्न मधेस प्रदेश सरकारसँग माग गरेको छ । सरोकार समितिका संयोजक मनोज पौडेलले विज्ञप्ति प्रकाशित गर्दै मधेस प्रदेश सरकारसँग आग्रह गरेका हुन् ।  संयोजक पौडेलले तीन बर्षदेखि पथलैयामा ट्रमा सेन्टरका लागि बजेट विनियोजन गर्दै आए पनि हालसम्ममा अस्पताल सञ्चालन नहुँदा बारा, पर्सा, रौतहट र राजमार्गमा यात्राको क्रममा दुर्घटना भई घाइते भएका यात्रुको उपचार पाउने आधिकारमा समेत ठेस पुर्याएको बताए ।

उनले चालु आर्थिक वर्षमा ट्रमा सेन्टर सञ्चालनका लागि बजेट समेत विनियोजन नहुनु दुःखद् भएको बताउँदै तत्काल आवश्यक प्रक्रिया पूरा गरि ट्रमा सेन्टर सञ्चालनमा ल्याउन सरोकार समितिको तर्फबाट माग गरेका छन् । माग पूरा नभए आन्दोलनमा उत्रन बाध्य हुने विज्ञप्तिमा उल्लेख  छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);