बाराको पथलैयामा ट्रमा सेन्टर अस्पताल बन्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

बाराको पथलैयामा ट्रमा सेन्टर अस्पताल बन्ने

trauma aspatal bara

श्याम गुप्ता
बारा, ५ असार । प्रदेश नम्बर दुई सरकारले बाराको जीतपुरसिमरा उपमहानगरपालिकास्थित पथलैयामा रहेको प्रदेश स्वास्थ्य तालिम केन्द्रलाई ट्रमा सेन्टर अस्पताल बनाउँने भएको छ । प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम अनुसार प्रस्तुत बजेटमा सो अस्पतालका लागि दुई करोड रुपैयाँ विनियोजन गरे पछि अस्पताल बन्ने भएको हो ।

राजमार्गमा हुने दुर्घटनामा सामान्य घाइतेले पनि समयमै उपचार नपाएर धेरैको ज्यान जाने गरेको तथ्यको आधारमा राष्ट्रिय राजमार्गसँगै जोडिएको पथलैयाको स्वास्थ्य तालिम केन्द्रलाई ट्रमा सेन्टर अस्पताल बनाएर प्रयोगमा ल्याउँने प्रदेश सरकारले निर्णय गरेको थियो ।

प्रदेश दुई बारा क्षेत्र नम्बर ४ का प्रदेश सभासद सुन्दर बिश्वकर्माले प्रदेश सरकारको लक्ष्य अनुसार आगामी आर्थिक वर्षको साउन-भदौ देखि नै काम गर्ने तयारीका साथ ट्रमा सेन्टर अस्पतालका लागि बजेट बिनियोजन गरेको बताउनुभयो । उहाँले प्रदेश सरकारको मातहतमा सञ्चालन हुँने उक्त तालिम केन्द्रमा पुर्वाधारको सामान्य मरर्मत, सरसफाई , रंङ्गरोगन र उपकरण राख्ने बित्तिकै सञ्चालनमा ल्याउँन सकिने बताउनुभयो ।

दुई विघा चार कठ्ठा क्षेत्रफलमा रहेको उक्त तालिम केन्द्रका तीन भवनमा ७२ छात्रबास कोठा, तीन वटा तालिम हल , कम्पाउण्ड वालसहितको खुल्ला स्थान र बगैंचा रहेका छन् ।

निजी शिक्षण संस्थाहरुले अनमी, अहेव र नर्सहरु जस्ता प्राविधिकहरुको अध्यन, अध्यापन र तालिम गराउन थाले पछि यो तालिम केन्द्र केही वर्ष यता प्रयोग बिहिन जस्तै बन्दै आएको छ ।

सिमित कर्मचारी र हेरालुको संरक्षणमा रहेको यो केन्द्र पछिल्लो समय स्थानीय संघ संस्थाको कार्यक्रम गर्ने स्थल र गोदाम घरको रुपमा परिणत हुन थाले पछि प्रदेश सरकारले यसलाई ट्रमा सेन्टर अस्पताल बनाउने अवधारणा अगाडी बढाएको हो ।

यता प्रदेशको मुख्य राज मार्गहरुमा हुने दुर्घटनाका कारण यस स्थानमा ट्रमा सेन्टर अस्पताल राख्नु सराहनीय काम भएको भएता पनि प्रदेश स्वास्थ्य तालिम केन्द्र कार्यालयको पनि आफ्नैं महत्व भएको हुँदा यसको पनि व्यावस्थापन मिलाउनु पर्ने प्रदेश स्वास्थ्य तालिम केन्द्रका प्रमुख सरोज चन्द्र न्यौपानको भनाई रहेको छ ।

मृत्यु मार्गको रुपमा चिनिने हेटौंडाको चुरे देखि पथलैया निजगढ सम्मको करिब ४० किलो मिटर सडकमा हुने दुर्घटनका घाइतेहरूलाई यो अस्पताल सञ्चालन हुन सके मृत्युको मुखमा पुगेका घाईतेलाई जिवन दानको राहत दिन सकिने देखिन्छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);