देशभर २७१ जना कोरोनाका संक्रमित थपिए, थप एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

देशभर २७१ जना कोरोनाका संक्रमित थपिए, थप एक जनाको मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९२० जनामा परीक्षण गर्दा २ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो।

२ हजार ४८५ पीसीआर परीक्षण गरिएकोमध्ये २२४ जनामा र १ हजार ४३५ एन्टीजेन परीक्षण गरिएकोमा ४७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।सोही अवधिमा १ सय ७५ जना संक्रमण मुक्त भएका छन् ।  हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ९४ रहेको छ । पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मृत्यु भएको छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);