समयमा पुल निर्माण नहुदा स्थानीयलाई सास्ती | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

समयमा पुल निर्माण नहुदा स्थानीयलाई सास्ती

गोपाल भट्टराई २२ चैत,दाङ ।
दाङको लमही–तुलसीपुर सडक खण्डाको कटुवा खोलामा निमार्ण हुन लागेको पुल समयमा निमार्ण सम्पन्न नहुदा स्थानीयहरुले सास्ती पाएका छन । तोकेको समय सम्ममा पनि निर्र्माण सम्पन्न नहुदा आवत जावत गर्न समेत समस्या परेको हो ।

समयमा पुल निर्माण नहुदा स्थानीयलाई सास्ती

 

 

गोपाल भट्टराई २२ चैत,दाङ । दाङको लमही–तुलसीपुर सडक खण्डाको कटुवा खोलामा निमार्ण हुन लागेको पुल समयमा निमार्ण सम्पन्न नहुदा स्थानीयहरुले सास्ती पाएका छन । तोकेको समय सम्ममा पनि निर्र्माण सम्पन्न नहुदा आवत जावत गर्न समेत समस्या परेको हो । झण्डै ४ करोड १० लाखको लागतमा गत आर्थिक वर्ष भित्र समपन्न गरिसक्नु पर्ने योजना यो आवमा पनि निमार्ण सम्पन्न हुन सकेको छैन ।

 

सडक डिभिजन कार्यालय दाङले ताकेता गरे पनि निर्माणले गति लिन सकेको छैन भने निमार्णको जिम्मा लिएको कम्पनीले पनि कामलाई तिव्रता दिन सकेको छैन । झण्डै आधा रकम भुक्तानी पाइसकेको ठेकेदारले काम भने २६ प्रतिसत मात्रै सम्पन्न गरेको देखिएको छ । १०० मिटर लामो पक्कि पुल निमार्ण गर्ने सम्झौतामा उल्लेख गरिएको छ । अहिले दुइवटा पिलर उठाउने मात्रै काम भएको छ ।

 

मुख्य सडकको पुल निमार्ण नहुदा आवागमनमा समेत समस्या हुदै आएको छ । सडक कार्यालय दाङका इन्जििनयर शेखर योगिले निमार्णको लागि दवाव भइरहेको र छिट्टै निमार्ण हुने वताए । निर्माण कम्पनीका प्रतिनिधि पदमराज शर्माले यो वर्षा अघि जसरी पनि पुल निमार्ण सम्पन्न गर्ने दावी गरेका छन । उनले विभिन्न कारणले केहि समय ढिला भएको वताए । उनले अहिले डिजाइन पुन गर्नु परेकाले अहिले ढिला भएको वताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);