राज्यको आखाँ नपुगेको एउटा मुसहर वस्ती | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

राज्यको आखाँ नपुगेको एउटा मुसहर वस्ती

सुरेन्द्र कामती,२२ चैत्र सिरहा ।
सिरहा मिरचैया नगरपालिका अन्र्तगत पर्ने फुलबरीयाको मूढावारीमा बस्दै आएका मुसहर परिवार स्वच्छ पानीको पहुँचबाट टाढा छन् । चार घरका १२ बालबालिका सहित १९ जना नदी र विभिन्न स्थानमा जमेको पानी पिउन बाध्य छन् ।

राज्यको आखाँ नपुगेको एउटा मुसहर वस्ती

 

 

सुरेन्द्र कामती,२२ चैत्र सिरहा । सिरहा मिरचैया नगरपालिका अन्र्तगत पर्ने फुलबरीयाको मूढावारीमा बस्दै आएका मुसहर परिवार स्वच्छ पानीको पहुँचबाट टाढा छन् । चार घरका १२ बालबालिका सहित १९ जना नदी र विभिन्न स्थानमा जमेको पानी पिउन बाध्य छन् । मूढावारीका मुसहर परिवारको दैनीकी नदी र अन्य क्षेत्रमा जमेको पानी संकलन गर्दैमा वित्ने गर्छ । स्वच्छ पिउने पानीको पहुँचमा नरहेका यी चर घरका मुसहर परिवारका बालबालिका लताकपडा, स्वास्थ्य र शिक्षाको पहुँचबाट समेत टाढा छन् । बतहा नदि किनारमा बस्दै आएका बालदेव सदा, दशनी सदा, धनवीर सदा र नसि सदा सुकुम्बासी छन् ।

 

आफ्नो जग्गा नभएका उनीहरु दैनिक गर्ने मजदुरीबाट बालबच्चाको भरणपोषण गर्दै आएका छन् । संविधानको मौलिक हकको धारा ३० देखि ३७ सम्ममा प्रत्येक नागरीकलाई स्वच्छ र स्वस्थ्य वातावरणमा बाँच्न पाउने, आधारभूत शिक्षाको पहुँच रह्ने, आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने, स्वच्छ खानेपानी र सरसफाईमा पहुँच रहने र आवासको हक रह्ने व्यवस्था छ । तर चुरे छेउका वतहा नदि किनारमा असुरक्षित तरिकाले बस्दै आएका मुसहर समुदाय र उनका बालबालिकाको हकमा भने त्यो लागू हुन सककेको छैन् । उमेरले १२ वर्षिया वविता सदा जो दैनिक नदिकै विभिन्न ठाउँमा जमेका पानी ओर्साछीन् । अहिले भएको पानी समेत वढ्दो गर्मीले सुक्ने होकी भन्ने चिन्ता छ वालदेव सदालाई ।

 

जिल्लामा विभिन्न गैरसरकारी संस्थाहरु सिमान्तकृत समुदायको सुरक्षा, स्वच्छ खानेपानीको व्यवस्थाको लागी भन्दै करौडौं रुपैयाँ खर्च गरिरहेका छन् तर मसुहर वस्तीमा भने त्यसको छिटो पनि पुग्न सकेको छैन । गैरसरकारी संस्थालाई त छोडौं जिल्लाका सरकारी कार्यालयहरुको पहुँच पनि यो वस्तीमा पुग्न सकेको छैन् । स्वच्छ पानी, पौष्टिक आहार, लुगाफाटासँगै यी समुदायलाई वासको समस्या छ । जिल्लामा पछिल्लो समय नागरीकता र आवासको लागि उनीहरुले पटक पटक आवाज उठाउने गरेका छन् । तर उनीहरुको आवाज उनिहरुको वस्ती छिचोलेर कतै पुग्नै सकेको छैन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);