महोत्तरीमा बाढीको बितन्डा, हेर्दाहेर्दै उर्वर भूमि बगरमा परीणत | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

महोत्तरीमा बाढीको बितन्डा, हेर्दाहेर्दै उर्वर भूमि बगरमा परीणत

महोत्तरी । आधा बर्खा सकिएसँगै महोत्तरी बर्दिबासका विनोद पौडेललाई अब बाढी आउँदैन लागेको थियो । तर १० भदौ यता अविरल वर्षा हुन थालेपछि उनलाई रातभरी निन्द्रा नै लाग्दैन ।

उनी रातु नदी पुग्छन्, नदीले खेत कटान गरिरहेको हेर्न विवश छन् । उनका अनुसार रातु नदीले उनीसहित स्थानीयको ८ कठ्ठा खेत कटान गरिसकेको छ । खेत बगर बनेको छ।

बाढीले महोत्तरीका विभिन्न क्षेत्रमा क्षति गरेको छ । रातु नदीको बाढीले बल्वा नगरपालिकामा मात्र करिब ९ सय घर डुबानमा परिसकेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ । नगरपालिकाको सबैभन्दा बढी क्षति तिलगडमा भएको छ ।

प्रभावितहरुलाई उद्दार गरेर सुरक्षित स्थानमा स्थानान्तरणको काम भइरहेको स्थानीय वसन्तराज साहले जानकारी दिए ।

रातु, मराहा र जङगाहा नदीमा पानीको बहाव निक्कै बढेको छ । तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ स्थानान्तरणको तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए ।

अविरल वर्षाले विपन्न परिवार झनै सस्यामा परेका छन् । गौशाला नगरपालिकाका मुसहर वस्तीका मुसहर बालबालिका समस्यामा परेका हुन् ।

टहराबाट पानी चुहिएर समस्या भएको मुसहर वस्तीका सुनिल सदाले बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);