बहुविवाहका अभियुक्त १३ वर्षपछि पक्राउ, श्रीमान-श्रीमती जेल चलान | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

बहुविवाहका अभियुक्त १३ वर्षपछि पक्राउ, श्रीमान-श्रीमती जेल चलान

लमजुङ । कैद फैसला सुनाइएका दुई अभियुक्त १३ वर्षपछि पक्राउ परेका छन् ।

प्रहरीले बेंसीसहर नगरपालिका–९ का खड्कबहादुर कामी र उनकी कान्छी श्रीमती मीना भन्ने सुमिला विकलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको विशेष टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुईजनालाई जिल्ला अदालत लमजुङबाट ०६६ असार २४ गते बहुविवाह मुद्दामा जनही एक वर्ष कैद र पाँच हजार जरिवाना तोकेकोमा उनीहरू फरार थिए ।

उनीहरूलाई शुक्रबार जिल्ला अदालत लमजुङमा पेस गरी तोकिएको कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

जेल सजाय भुक्तान गर्न बाँकी रहेका पुराना अभियुक्तहरूलाई पछिल्लो समय खोजीकार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);