स्थानीय तहमा युवालाई उम्मेदवार बनाउन मेलम्चीमा दवाव समुह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

स्थानीय तहमा युवालाई उम्मेदवार बनाउन मेलम्चीमा दवाव समुह

देवराज सुवेदी,२२ चैत्र सिन्धुपालचोक ।
करिव दुई दशकपछि आउन लागेको स्थानीय तहको निर्वाचनमा युवाको नेतृत्व स्थापित हुनुपर्ने माग गर्दै मेलम्चीका युवाले अभियान नै सुरु गरेका छन् ।
सडक आन्दोलन र वैदेशिक पलायनमा मात्र युवालाई रोजिनु गलत भएको भन्दै सबै पार्टीका युवाले आफ्नो नेतृत्वलाई दबाब दिन विभिन्न कार्यक्रम सुरु गरेका हुन् । युवाको नेतृत्वमा मात्रै सक्षम र स्थानीय तहलाई समृद्ध बनाउन सकिने भन्दै युवाहरु संगठित भई सिन्धु समृद्धिका लागि युवा अभियान सुरु गरिएको छ ।
मेलम्चीमा अभियानकै सिलसिलामा सोमबार आयोजना गरिएको अन्र्त्क्रिया कार्यक्रममा स्थानीय तह निर्धारण आयोगका निवर्तमान अध्यक्ष बालानन्द शर्माले अबको स्थानीय तहमा सिंहदरबारको अधिकार पुगेकोले सक्षम र कुशल नेतृत्व आउनुपर्ने बताए । कार्यक्रममा बोल्दै स्थानीय युवाहरुले राजनीतिक दलका स्थानीय नेताहरुलाई सक्षम नेतृत्व युवामा भेटिने भन्दै युवालाई उम्मेदवार बनाउन दबाब दिए । ‘हामीले लामो समयदेखि पार्टीका जेष्ठ नेताहरुको क्षमता हेर्यौ, अब भने हाम्रो पुस्तालाई नेतृत्व सुम्पन्न उहाँहरु तयार हुनुपर्छ’ अभियानका संयोजक विनोद खनालले बताए ।
‘अहिलेको स्थानीय तहको अधिकार र संरचना मनन गर्दा शैक्षिक क्षमता भएका कुशल युवा नै नेतृत्वमा आउनुपर्ने हुन्छ’, अभियन्ता विजयकृष्ण श्रेष्ठले बताए । ०४९ सालको स्थानीय चुनावताका जन्मिएको व्याक्ति मतदाता मात्र हैन उम्मेदवार नै बन्ने क्षमतामा पुगिसकेको तर पार्टीहरुमा त्यसबारे छलफल नै हुन नसकेकोमा युवाहरुले चिन्ता प्रकट गरेका छन् । ‘यो अभियान युवा अधिकारका लागि मात्र नभै स्थानीयत हमा समृद्धि ल्याउनका लागि पनि हो, युवाकै नेतृत्वमा स्थानीय तहबाट मुलुक समृद्धिको अभियान सुरु गर्नुछ’ अभियन्ता सरोज ढुंगानाले बताए ।

स्थानीय तहमा युवालाई उम्मेदवार बनाउन मेलम्चीमा दवाव समुह

देवराज सुवेदी,२२ चैत्र सिन्धुपालचोक । करिव दुई दशकपछि आउन लागेको स्थानीय तहको निर्वाचनमा युवाको नेतृत्व स्थापित हुनुपर्ने माग गर्दै मेलम्चीका युवाले अभियान नै सुरु गरेका छन् । सडक आन्दोलन र वैदेशिक पलायनमा मात्र युवालाई रोजिनु गलत भएको भन्दै सबै पार्टीका युवाले आफ्नो नेतृत्वलाई दबाब दिन विभिन्न कार्यक्रम सुरु गरेका हुन् । युवाको नेतृत्वमा मात्रै सक्षम र स्थानीय तहलाई समृद्ध बनाउन सकिने भन्दै युवाहरु संगठित भई सिन्धु समृद्धिका लागि युवा अभियान सुरु गरिएको छ ।

मेलम्चीमा अभियानकै सिलसिलामा सोमबार आयोजना गरिएको अन्र्त्क्रिया कार्यक्रममा स्थानीय तह निर्धारण आयोगका निवर्तमान अध्यक्ष बालानन्द शर्माले अबको स्थानीय तहमा सिंहदरबारको अधिकार पुगेकोले सक्षम र कुशल नेतृत्व आउनुपर्ने बताए । कार्यक्रममा बोल्दै स्थानीय युवाहरुले राजनीतिक दलका स्थानीय नेताहरुलाई सक्षम नेतृत्व युवामा भेटिने भन्दै युवालाई उम्मेदवार बनाउन दबाब दिए । ‘हामीले लामो समयदेखि पार्टीका जेष्ठ नेताहरुको क्षमता हेर्यौ, अब भने हाम्रो पुस्तालाई नेतृत्व सुम्पन्न उहाँहरु तयार हुनुपर्छ’ अभियानका संयोजक विनोद खनालले बताए ।

‘अहिलेको स्थानीय तहको अधिकार र संरचना मनन गर्दा शैक्षिक क्षमता भएका कुशल युवा नै नेतृत्वमा आउनुपर्ने हुन्छ’, अभियन्ता विजयकृष्ण श्रेष्ठले बताए । ०४९ सालको स्थानीय चुनावताका जन्मिएको व्याक्ति मतदाता मात्र हैन उम्मेदवार नै बन्ने क्षमतामा पुगिसकेको तर पार्टीहरुमा त्यसबारे छलफल नै हुन नसकेकोमा युवाहरुले चिन्ता प्रकट गरेका छन् । ‘यो अभियान युवा अधिकारका लागि मात्र नभै स्थानीयत हमा समृद्धि ल्याउनका लागि पनि हो, युवाकै नेतृत्वमा स्थानीय तहबाट मुलुक समृद्धिको अभियान सुरु गर्नुछ’ अभियन्ता सरोज ढुंगानाले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);