युवा विकास कार्यक्रम सम्बन्धमा युवा परिषद् र राष्ट्रिय महासंघबीच समझदारीपत्रमा हस्ताक्षर | ईमाउण्टेन समाचार

Our Network

चैत २४ २०८०, शनिबार

युवा विकास कार्यक्रम सम्बन्धमा युवा परिषद् र राष्ट्रिय महासंघबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं, १० माघ । संघीय तथा स्थानीय तहमा युवाको विकास सम्बन्धी कार्यक्रमहरु लागू गर्न राष्ट्रिय युवा परिषद् र नेपाल नगरपालिका संघ तथा गाउँपालिका राष्ट्रिय महासंघबीच सहकार्य गर्ने सम्झौता भएको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि युवा विकास सम्बन्धी कार्यक्रमहरु लागू गर्नका लागि राष्ट्रिय युवा परिषद् र नेपाल नगरपालिका संघ तथा गाउँपालिका राष्ट्रिय महासंघबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सहमति पत्रमा सरकारले स्वीकृत गरेका युवालक्षित कार्यक्रमहरुको स्थानीय तहमा प्रभावकारी ढंगले कार्यान्वयन गर्ने, स्थानीय सरकारले तय गरेको युवालक्षित कार्यक्रमलाई प्रभावकारी बनाउन र सम्पादन गरेका नवप्रवर्द्धनात्मक कार्यहरुलाई राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्दै समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा योगदान पु-याउने उल्लेख गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले युवाको विकास तथा युवा परिचालन मार्फत समाजिक जागरण र समृद्धिका अभियानहरु सञ्चालन गर्दै युवालाई उद्यमशिलतासँग जोडेर आत्मनिर्भर तथा स्वरोजगार बनाउने अभियान अन्तर्गत स्थानीय तहसँग सहकार्य गर्न लागिएको बताउनुभयो ।

उहाँले विश्वमा सबैभन्दा बढी बेरोजगार युवा रहेको देशहरुमध्ये नेपाल अग्रस्थानमा रहेकाले पनि स्थानीय तहसँगको सहकार्य महत्वपूर्ण हुने बताउनुभयो ।

सम्झौताले युथ भिजन २०२५ मा उल्लेखित युवा विकासका लागि पाँच आधार स्तम्भहरुः गुणस्तरीय तथा व्यवसायिक शिक्षा, रोजगारी उद्यमशिलता सीप विकास, स्वास्थ्य र सामाजिक सुरक्षा, युवा परिचालन सहभागिता र नेतृत्व विकास, खेलकुद र मनोरन्जनको कार्यान्वयनका लागि सहयोग पु-याउने समेत बताइएको छ ।

कार्यकारी उपाध्यक्ष ढुंगेलले सरकारले आर्थिक वर्ष २०७६/०७७ लाई युवा परिचालन वर्षको रुपमा लिएकाले पनि लक्ष्य प्राप्तीका लागि समझदारी महत्वपूर्ण हुने बताउनुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);