अग्नि सापकोटालाई सभामुख नबनाउन माग गर्दै सर्वोच्चमा रिट | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अग्नि सापकोटालाई सभामुख नबनाउन माग गर्दै सर्वोच्चमा रिट

agani sapkota

काठमाडौं, १० माघ । अग्नि सापकोटालाई सभामुख नबनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । अधिवक्ता दिनेश त्रिपाठीले सभामुख बन्नबाट रोक्ने मागसहित सापकोटाविरुद्ध रिट दायर गर्नुभएको हो ।

माओवादी द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा तत्कालीन माओवादीका नेता सापकोटाको संलग्नता रहेको भन्दै त्रिपाठीले रिट दायर गर्नुभएको हो । रिटमा सापकोटलाई सभामुख बनाउने प्रक्रिया तत्काल रोक्न, पक्राउ गर्न, उक्त मुद्दाको अनुसन्धानका लागि विशेष कमिटी गठन गर्न माग गरिएको छ ।

उक्त मुद्दाको पेशी आइतबारका लागि तोकिएको छ । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय, जिल्ला प्रहरी कार्यालय काभ्रे र जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकलाई विपक्षी बनाइएको छ ।

रिटमा सर्वोच्च अदालतले २०६८ सालमै अनुसन्धान गर्न आदेश दिए पनि पक्राउ गरी अनुसन्धान नगरेको भन्दै सम्बन्धित प्रहरी र कर्मचारीलाई पनि अदालतको अपहेलनामा सजाय गर्न माग गरिएको छ ।

यही अवस्थामा सापकोटालाई सभामुखमा निर्वाचित गरिएमा संविधान र विद्यमान कानुनको गम्भीर उल्लंघन हुने, पीडितको न्याय प्राप्तिको अधिकार कुण्ठित हुने तथा प्रतिनिधिसभा नै अर्मयादित हुने भन्दै अधिवक्ता त्रिपाठीले सर्वोच्च अदालतसँग अन्तरिम आदेश जारीको माग गर्नुभएको छ ।

सर्वोच्च अदालतमा परेको निवेदनको टुंगो नलागेसम्म सापकोटालाई काम नगराउन अदालतसमक्ष त्रिपाठीले माग छ । आइतबार नै सभामुखको घोषणा हुँदैछ। सापकोटा सभामुखका एक्ला उम्मेदवार भएकाले अदालतले अन्तरिम आदेश जारी नगरे उहाँ सभामुख निर्वाचित हुने निश्चित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);