मुसहरहरूलाई सिपयुक्त बनाउन नगरपालिकाद्वारा अन्तर्क्रिया | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

मुसहरहरूलाई सिपयुक्त बनाउन नगरपालिकाद्वारा अन्तर्क्रिया

उदयपुर । त्रियुगा नगरपालिकाले विपन्न तथा पिछडिएका मुसहर समुदायलाई पेशा परिर्वतन गरी आर्थिक उपार्जनमा संलग्न गराउने अभियान थालेको छ । उनीहरूको रुचि अनुरुपको सिप उपलब्ध गराउने उदेश्यले नगरपालिकाले अभियान सुरु गरेकाे हाे ।

नगरपालिकाद्वारा आयाेजित अन्तरक्रियामा मुसहर समुदायले जीविकोपार्जनका बारेमा नगरप्रमुख बलदेव चौधरीसँग खुलेर कुराकानी गरेका छन् । अन्तरक्रियामा सहभागीहरूले व्यवसायिक सीप र ज्ञानको माग राखेका थिए । मुसहर समुदायका अगुवाहरूले नगरप्रमुख बलदेवसँग अगरबत्ती बनाउने, सिलाई कटाई, दालमोठ भुजिया बनाउने, मोटरसाइकल मर्मत, ग्रिल बनाउने तालिम तथा तरकारी, पशुपालनसम्बन्धी तालिमको माग राखेका  छन् । उनीहरूले आयआर्जनमुलक सीपका साथै शिक्षा, स्वास्थ्यसम्बन्धी जनचेतनामुलक कार्यक्रमको माग पनि गरेका छन् ।

सदा समुदाय ज्याला, मजदुरी र बनिबुतोको भरमा जिविकोपार्जन गरिरहेका छन् । राजनैतिक, सामाजिक, आर्थिक सबै हिसाबले सो समुदाय पछाडि पारिएकाे समुदाय हाे । जमिनको स्वमित्वबाट बञ्चित, उद्यमदेखि टाढा रहेका सदा समुदाय शिक्षा, स्वास्थ्यको पहुँचबाट पनि टाढा छन् । उनीहरुको आर्थिक उर्पाजन गरी गर्न सकिन्छ कि भनेर अन्तरक्रिया गरेको नगर प्रमुख चौधरीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);