बारामा ४४ सय ९२ जनाद्वारा म्यादी प्रहरीमा आवेदन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बारामा ४४ सय ९२ जनाद्वारा म्यादी प्रहरीमा आवेदन

श्याम गुप्ता २३ चैत बारा ।
स्थानीय तहको निर्वाचनका लागि बारा जिल्लामा यस पटक म्यादी प्रहरीको लागि चार हजार चार सय ९२ जनाले आवेदन दिएका छन् । कुल आवेदन मध्ये चार हजार एक सय ४८ जना पुरुस रहेका छन् । भने तीन सय ४४ जना महिलाहरुले आवेदन दिएका छन् । एक सय ९२ पहाडे समुदायका महिला छन , भने एक सय ५२ मधेसी समुदायका

बारामा ४४ सय ९२ जनाद्वारा म्यादी प्रहरीमा आवेदन

श्याम गुप्ता २३ चैत बारा ।
स्थानीय तहको निर्वाचनका लागि बारा जिल्लामा यस पटक म्यादी प्रहरीको लागि चार हजार चार सय ९२ जनाले आवेदन दिएका छन् । कुल आवेदन मध्ये चार हजार एक सय ४८ जना पुरुस रहेका छन् । भने तीन सय ४४ जना महिलाहरुले आवेदन दिएका छन् । एक सय ९२ पहाडे समुदायका महिला छन , भने एक सय ५२ मधेसी समुदायका महिला रहेको जिल्ला प्रहरी कार्यालय कलैया बाराका प्रहरी निरिक्षक दिपक साहले जानकारी दिएका छन् ।

पूर्व नेपाल प्रहरीका १७ जना पुरुष , एक जना महिला र पूर्व सशस्त्र प्रहरीका पाँच जना म्यादी प्रहरीका लागि आवेदन दिएको प्रहरी उपरिक्षक नरेन्द्र कुमार उप्रेर्तीले जानकारी दिए ।  आवेदनबाट छनौंट भएकाहरुको शारिरिक , स्वास्थ्य चेक जाँच , लिखित परिक्षा अन्तरवर्ता लगाएतका कामकाज अहिले शुरु भएको छ । ५५ दिन सम्मका लागि छनौंट हुँनेहरुलाई कामकाज गरिनु पर्ने र नेपाल प्रहरीले पाउँदै आएको तलब भत्ता अनुसार नैं पारिश्रमीक पाउँने छनौंट समितीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी बिजय नारायण मनान्धरले बताए ।

बारा जिल्लाको हकमा निकै नैं उत्साह पूर्वक म्यादीहरु फारम भरेको हुँदा निर्वाचन हँुने अधारको रुपमा रहेको उनले प्रतिक्रिया दिए ।  म्यादी प्रहरीमा फारम भरेर हामी निकै खुसी भएको निजगढ नगरपालिका वडा नं.७ की कबिता श्रेष्ठले बताईन् । त्यसो त निजगड ७ कै आमा छोरी लिला कुमारी चिमोरिया र उनकी छोरी भवनाले समेते फारम भरेका छन् । उनीहरुले पनि म्यादी प्रहरीको मार्फतवाट देश र जनताको सेवामा जुटनमा उत्प्रेरित भएको उनीहरुको भनाई रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);