माग भन्दा दोब्बरले दिए म्यादी प्रहरीमा आवेदन, भोलिबाट छनौट सुरु हुने | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

माग भन्दा दोब्बरले दिए म्यादी प्रहरीमा आवेदन, भोलिबाट छनौट सुरु हुने

स्थायी तहको चुनावका लागि माग गरिएको भन्दा दोब्बर बढीले म्यादी प्रहरीमा आवेदन दिए, ७५ हजार जनशक्ति माग गरिएकामा एक लाख ७२ हजारको आवेदन

माग भन्दा दोब्बरले दिए म्यादी प्रहरीमा आवेदन

काठमाडौं । स्थायी तहको चुनावका लागि माग गरिएको म्यादी प्रहरीमा माग संख्याभन्दा दोब्बर बढी आवेदन परेको छ । 

प्रहरी प्रधान कार्यालयले यही चैत ११ देखि १७ गतेसम्म आवेदन दिनेगरि ७५ हजार म्यादी प्रहरीका लागि आवेदन मागेकामा एक लाख ७२ हजारभन्दा बढी आवेदन परेको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।

जसअनुसार पूर्वाञ्चलमा ४४ हजार ६६, काठमाडौं उपत्यकामा सात हजार एक सय १२, मध्यमाञ्चलमा ४२ हजार दुई सय ७४, पश्चिमाञ्चलमा २७ हजार आठ सय ५७, मध्यपश्चिमाञ्चलमा ३३ हजार चार सय ३१ र सूदुरपश्चिमाञ्लमा १८ हजार दुई ३७ को आवेदन परेको जनाइएको छ ।

राज्यले रोजगारीको उचित प्रवन्ध गर्न नसक्नु र लगानीको वातावरण बनाउन नसक्दा अधिकांश युवाहरु बेरोजगारीको चपेटामा परेका छन् ।

बेरोजगार बस्न भन्दा केही समयका लागि भए पनि म्यादी प्रहरीमा जागिर गर्न युवाहरु तम्सिएका हुन् ।सामान्य लेखपढ गरेका देखि स्नातकोत्तरसम्म अध्ययन गरेका युवाले आवेदन दिएका छन् ।

 

Leave a Reply