ललितपुरमा म्यादी प्रहरीमा दोब्बर आवेदन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

ललितपुरमा म्यादी प्रहरीमा दोब्बर आवेदन

ललितपुर । ललितपुरमा म्यादी प्रहरीमा भर्ना हुनका लागि दोब्बरभन्दा धेरैको आवेदन परेको छ  । ललितपुर प्रहरी परिसरका प्रवक्ता शिद्धिविक्रम शाहका अनुसार दुई हजार ९०४ जनाले म्यादी प्रहरीमा भर्नाका लागि आवेदन दिएका छन् ।

उनले भने, ‘अघिल्लो पल्टभन्दा केही कम नै हो । तर, एक हजार १२५ जना आवेदन मागेकोमा दुई हजार ९०४ जनाको निवेदन परेकाे छ ।’

आवेदन दिनमध्ये पनि केही छनौट प्रक्रियामा भाग लिन नआएको एक प्रहरी अधिकृतले बताए । उनले भने,‘अघिल्लो निर्वाचनको बेला म्यादीमा भर्ना हुने युवाहरू छनौटको पहिलो दिनमा नै भीडभाड हुन्थ्यो । तर, यसपल्ट धेरै भीडको सामना गर्नु परेको छैन ।’

उनका अनुसार अहिले महिलाको संख्यामा भने केही वृद्धि भएको छ । जावलाखेल फुटवल ग्राउण्डमा भइरहेको शारीरिक छनौट प्रक्रिया बिहीबारसम्म चल्लेछ भने शुक्रबार लिखित परिक्षा हुनेछ । २१ चैत्रमा लिखितमा उत्तीर्णहरूको अन्तर्वार्ता हुनेछ भने २२ चैत्रमा हुने नतिजा प्रकाशनपछि २८ गतेबाट १० दिनसम्म तालिम गरिनेछ ।

म्यादीमा भर्ना हुनका लागि प्रहरीले महिलाका लागि ५ फिट पुरुषका लागि ५ फिट २ इन्च हुनु पर्ने मापदण्ड राखेको छ । छनौट प्रक्रियामा पुसअप, सेटअप, दौड, स्वास्थ्य परीक्षण, तौल र उचाई नापजाँच गरिएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);