बुद्धस्थलमा म्यादी प्रहरीको परिक्षा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

बुद्धस्थलमा म्यादी प्रहरीको परिक्षा

शम्भू माली
२३ चैत कपिलवस्तु ।
आगामी बैशाख ३१ का लागी निर्धारित स्थानिय निकायको निर्वाचनका लागी आवेदन दिएका म्यादी प्रहरीको छनौटका लागी बुद्धस्थल कुदानमा लिखित परिक्षा सञ्चालन गरिएको छ । शान्तिपुर्णस्थल र सामुहिक

बुद्धस्थलमा म्यादी प्रहरीको परिक्षा

शम्भू माली
 २३ चैत कपिलवस्तु ।आगामी बैशाख ३१ का लागी निर्धारित स्थानिय निकायको निर्वाचनका लागी आवेदन दिएका म्यादी प्रहरीको छनौटका लागी बुद्धस्थल कुदानमा लिखित परिक्षा सञ्चालन गरिएको छ । शान्तिपुर्णस्थल र सामुहिक परिक्षास्थलको अभाव भए पछि बुद्धस्थल कुदानमा म्यादी प्रहरीको लिखित परिक्षा कुदानमा गरिएको हो ।

 

म्यादी प्रहरीको शारिरीक परिक्षण र व्ययाम परिक्षामा उत्तिर्ण भएका २ हजार ९ सय १२ मध्य २ हजार ८ सय बढि परिक्षामा सहभागी भएका थिए । परिक्षामा सहभागीलाई १० वटा वस्तुगत प्रश्नमा २० मिनटको समयमा तोकि परिक्षा लिईएको थियो । जिल्लामा आबेदन दिएका मध्य २ सय बढि लिखित परिक्षामा सहभागी भएको र १ हजार ८ सय ९१ जना अन्तरबार्ताबाट छनौट गरिने प्रहरी उपरिक्षक भोजजंग शाहले जानकारी दिए ।

आबेदकलाई शान्त र मनोरम बातावरणमा परिक्षा दिलाउनका लागी बुद्धस्थल कुदान चयन गरिएको प्रजिअ बिष्णु प्रसाद ढकालले बताए ।  लिखित परिक्षाको नतिजा मंगलबार सम्म आउने र बुधबार सम्म छनौट प्रक्रिया सम्पन्न हुने प्रजिअ ढकालले जानकारी दिए ।

यस अघि जिल्लामा ३ हजार १ सय ३५ पुरुष र ५ सय १ जना महिला गरि कुल ३ हजार ६ सय ३६ ले आबेदन दिएका थिए । जसमा पुर्व म्यादी प्रहरी १ सय २८ जना तथा १० जना पुर्व प्रहरी, शसस्त्र र सेनाका जवानहरु थिए । जसमा स्वास्थ्य र शारिरीक व्यायाममा २ हजार ९ सय १२ जना पास भएका थिए ।

 

भगवान गौतमले ज्ञानप्राप्त गरे पछि पहिलो पटक राजधानी कपिलवस्तु आउदा बुवा शुद्धोदनलाई भेटघाट गरेको स्थानको रुपमा कुदान परिचित छ । त्यस्तै श्रीमति यशोधरा, छोरा राहुल र प्रजापति लगायत ५ सय शाक्यहरुलाई चिवर (भिक्षुले लगाउने पहेलो कपडा) प्रदान गरेर बौद्ध संघमा सामेल गराइएको तथ्य पुस्तकहरुमा पाइन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);