भ्यागुते रोगबाट पाल्पामा एक वालकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भ्यागुते रोगबाट पाल्पामा एक वालकको मृत्यु

प्रकाश नेपाल
पाल्पा २३ चैत्र पाल्पा ।
नेपाल बाट निर्मुलको अवस्थामा पुगेको भएको भ्यागुते ( डिप्थेरिया) रोग देशका विभिन्न भाग फैलिदै जान थालेपछी विश्व स्वास्थ्य संघठनले नेपाल लाई प्रदान गर्दै आएको भ्याक्सिन प्रभावहिन बन्दै गएको छ । भ्यागुते रोग विरद्ध जिल्ला जिल्ला गाउँ गाउँमा स्वास्थय कार्यालय मार्फत खोप कार्यक्रम संचालन हुदै आएपनि वालवालिकाको मृत्यु वढ्दै गएको छ । पाल्पामा पनि भ्यागुते रोग विरुद्ध खोप लगाएका वालकको सोही रोगबाट

भ्यागुते रोगबाट पाल्पामा एक वालकको मृत्यु

प्रकाश नेपाल
पाल्पा २३  चैत्र पाल्पा ।
नेपाल बाट निर्मुलको अवस्थामा पुगेको भएको भ्यागुते ( डिप्थेरिया) रोग देशका विभिन्न भाग फैलिदै जान थालेपछी विश्व स्वास्थ्य संघठनले नेपाल लाई प्रदान गर्दै आएको भ्याक्सिन प्रभावहिन बन्दै गएको छ । भ्यागुते रोग विरद्ध जिल्ला जिल्ला गाउँ गाउँमा स्वास्थय कार्यालय मार्फत खोप कार्यक्रम संचालन हुदै आएपनि वालवालिकाको मृत्यु वढ्दै गएको छ । पाल्पामा पनि भ्यागुते रोग विरुद्ध खोप लगाएका वालकको सोही रोगबाट ज्यान गएको छ । साविकको जल्पा गाविसको वडा नं. १ हाल पुर्व  खोला गाउँपालिका वडा नं. ३ का ९ बर्षिय कमल बारघरे मगरको भ्यागुते रोगका कारण मृत्यु भएको छ ।

 

विरामी  वालक बारघरे गत चैत्र १० गते देखी लुम्विनी मेडिकल कलेजमा भ्यागुते रोग उपचारको लागी भर्ना भएका थिए । भ्यागुते रोग विरुद्ध भ्याक्सीन लगाएपनि देशका विभिन्न स्थानमा विरामीको संख्या थपिदै गएको छ । चितवन, धरान, काठमाडौमा देखिएको भ्यागुते रोग आज पाल्पामा देखिएको छ भोली अन्य ठाउँमा पनि हुने संभावन बढ्दै गएको छ । त्यसैले भ्यागुते रोग विरुद्धको खोप उत्पादन स्थल देखी भण्डार, धुवानी देखी लगाउने स्थान सम्मको अवस्था र खोपको प्रभावकारी बारेमा अध्यन अनुसन्धान जरुरी देखिएको प्रा. डा. वालरोग विशेषज्ञ वालकृष्ण कालाखेतीले बताउनु भयो ।   

तानसेन मिसन अस्पतालले  वालक वारघरे लाई  चैत्र १० गते नै लुम्विनी मेडिकल कलेजमा रिफर गरिएको थियो ।  छोरा लाई सानैमा भ्यागुते रोग विरुद्ध खोप लगाएका थियौ खोप लगाएपछि रोग लाग्दैन भन्ने थियो तर  जे सत्यता थियो आज त्यसको ठिक विपरित भयो त्यही भ्यागुते रोगको कारण मैले छोरो सदाका लागी गुमानु पर्यो मृतक वालकका बाबा ओम बारघरेले बताउनु भयो । मैले आज छोरा गुमाएको छु मलाई दुख त लागेको छ भोलिका दिनमा  मैलेजस्तो अरु बाबा आमाले यस्तो पिडा भोग्न नपरोस, रोग नियन्त्रणका लागी खोप लगाउने भन्ने विश्वास पनि निराधार भएको बाबा बारघरेले बताउनु भयो ।  

शंम्भु मावि जल्पा कक्षा ३ मा अध्यनरत वालक बारघरेलाई अकस्मात घाटीमा समस्या आएपछि आफ्ना अभिवावकले उपचारका लागी मिशन अस्पताल तानसेनमा ल्याएका थिए । भ्यागुते रोग बाट वालक कमलको मृत्यु भएपछि विधालय र गाउँमा त्रास छाएको छ । भ्यागुते रोग श्वासप्रश्वास बाट सर्ने रोग भएकोले गाउँ र विधालयका अन्य व्यक्तीहरुमा पनी सर्ने होकी भनी त्रास छाएको हो

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);