हुम्लामा अज्ञात रोगबाट मत्यु हुनेको संख्या १० पुग्यो, दुई सय बढी विरामी | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

हुम्लामा अज्ञात रोगबाट मत्यु हुनेको संख्या १० पुग्यो, दुई सय बढी विरामी

humla jumla

हुम्ला, १७ बैशाख । तीन सातादेखि हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकामा फैलिएको अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ। भने २ सय भन्दा बढी विरामी परेका छन्।

ताँजाकोटमा मर्नेको संख्या १० पुगेको छ। ताँजाकोट गाउँपालिका वडा नम्बर ५ भदौरा गाउँका का ६२ बर्से पबित्रा बोहोराको मृत्यु भएको छ। यस अघि मृत्यु हुनेमा ताँजकोट १ का ७० वर्षका कुशुमा रिठाल, ६० वर्षका सुरजित खड्का र ५५ बर्षका वीरदल रिठाल छन्। ५५ बर्से रंगे कोली र पाँच वर्षका सुनकेस्रा सुनार, वडा नं ३ का ७० वर्षका अम्मकली मल्ल, ७५ वर्षका बज्जिरे सुनार, ५५ वर्षका लक्ष्य सुनार, १० महिनाका बालक सञ्जिव थापा रहेका छन। दमको रोग भएकी बोहोराको पनि यसै रोगका कारण मृत्यु भएको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले जानकारी दिए।

चैत्र अन्तिम सातादेखि गाउँमा रोग फैलिएको ताँजाकोटमा आईतबार कर्णाली प्रदेश सरकारले संघीय सरकारको समन्वयमा नेपाली सेनाको हेलिकोप्टरबाट चिकित्सकहरू डाक्टर केएन पौडेलको नेतृत्वमा टेकराज भट्टराई, केशव अधिकारी र अन्य स्वास्थ्यकर्मी औषधिसहित ताजाकोट पुगेका थिए। मुगुको रातामाटा प्राथमिक स्वास्थ्य केन्द्रका डा. मनोज तिमिल्सिना पैदलमार्गबाटै आइतबार बिहान प्रभावित क्षेत्र पुगी टोलीले आइतबार दिनभरी मैला स्वास्थ्य चौकी मै स्वास्थ्य सिबिर संचालन गरी उपचार गरेका छन्। जहाँ १ सय ३८ बिरामीको चेकजाँच भएको अहेब जैशीले बताए।

चिकित्सकको एक टोलीले  बढि प्रभाबित क्षेत्र वडा नम्बर १ को जिमाना र काडागाउको बिचमा रहेको भैंसमाझ सामुदायिक स्वास्थ्य ईकाइमा स्वास्थ्य शिबिर संचालन गरी बिरामीको उपचार गरी रहेको छ। अहेब जैशीका अनुसार डा. टेकराज भट्टराईको टोली वडा नम्बर ४ र ५ मा रहेशो गोठ्यालबाडा सामुदायिक स्वास्थ्य ईकाइ गल्लाबाडा भएर उपचार सेवा दिई रहेको छ। भने मुगुको रातामाटा प्राथमिक स्वास्थ्य केन्द्रबाट आइका डा. मनोज तिमिल्सिनाको टोली भने वडा नं. २,३ मैला मा रहेका बिरामीहरुको उपचारका लागि मैला स्वास्थ्य चौकीमै बसेर उपचार गरिरहेका छन। रोगको लक्षण हेर्दा इन्फुन्जा भन्ने रुघाखोकी होकी भन्ने संका गरीएको भए पनि नमुना परीक्षण नहुँदासम्म यकिन गर्न नसकिने स्वास्थ्यकर्मीले बताए।

रोग पहिचान हुन अझै ३ दिन लाग्ने

मौषम परीवर्तनसंगै फैलिएको अज्ञातरोगले प्रभावित हुम्लाको ताजाकोटमा रोग पहिचानका लागि सुर्खेत र मुगुबाट चार बिषेशज्ञ चिकित्सक सहितको टोली पुगेको छ।  यो समाचार आजको नागरिक दैनिकमा लेखेको छ ।

चिकित्सकले बिरामीमा देखिएको लक्षणका आधारमा इन्फ्लुएन्जा भन्ने रुघाखोकी होकी भन्ने शंका गरीएको भए पनि नमुना परीक्षण नहुँदासम्म कुन किसिमको रोग हो भन्ने यकिन गर्न अझै तीन दिन लाग्ने बताएका छन्। बिरामीहरुको खकारको नमुना लिई भोली सुर्खेत फर्किने र सुर्खेतमा प्रयोगशाला परीक्षण पछि मात्र गाउँमै गएर थप बिरामीको उपचार र प्रयोगशाला परीक्षणपछि ताजाकोटमा देखिएको स्वास्थ्य समस्या महामारी हो र होइन भन्न सकिने प्रभावित क्षेत्रमा पुगेका टिमलिडर डाक्टर केएन पौडेलले बताए। उपचारका लागि आउनेमा बालबालिका र वृद्धवृद्धाको संख्या अधिक छ। १५ वर्षमुनिका २७ बालबालिका र ५० वर्षमाथिका ५६ वृद्धवृद्धा उपचारका लागि स्वास्थ्य चौकी आएका उनले बताए। यिनिहरुको उपचार चेकजाँच गरे पनि कुन समस्या हो भनेर भन्न सकिने अबस्था भने छैन।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);