विदेशबाट ऋण ल्याउने क्रम बढ्यो, आधा दर्जन बैंकलाई स्वीकृति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विदेशबाट ऋण ल्याउने क्रम बढ्यो, आधा दर्जन बैंकलाई स्वीकृति

bank

काठमाडौं, १७ बैशाख । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई विदेशबाट ऋण ल्याउने बाटो खोलेपछि ऋण ल्याउने क्रम बढ्न थालेको छ । राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार लगभग आधा दर्जन बैंक तथा वित्तीय संस्थाहरू ऋण ल्याउने प्रक्रिया सुरु गरेका छन् ।

कुल २८ वटा वाणिज्य बैंकहरूमध्ये एनएमबी बैंक र अरू चार बैंक तथा वित्तीय संस्थाले विदेशबाट ऋण ल्याउन राष्ट्र बैंकबाट स्वीकृति पाएका छन् । विदेशी ऋण ल्याउन स्वीकृति माग्ने बैंक तथा वित्तीय संस्थाहरूमा एनएमबी बंैक, निर्धन उत्थान लघुवित्त संस्था, आरएमडीसी लघुवित्त, मानुश्री लघुवित्त संस्थालगायत रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार एनएमबीले दोस्रो चरणमा ऋण ल्याउन स्वीकृति पाएको छ ।  यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

एनएमबीले ४ करोड अमेरिकन डलर ऋण ल्याउने भएको छ । बैंकले अमेरिकास्थित इन्टरनेसनल फाइनान्स कर्पोरेट (आईएफसी) र बेलायतको सीडीसी ग्रुप पीएलसीमाफर्त १ करोड ५० लाख अमेरिकन डलर र माइक्रो स्मल एन्ड मिडियुम इन्टरप्राइजेज बोन्ड (एमएसएमई)बाट १ करोड अमेरिकन डलर ऋण ल्याउने सम्झौता गरेको राष्ट्र बैंकले जनाएको छ । यस बैंकले यसअघि १ अर्ब ५० करोड ऋण ल्याएको थियो । त्यस्तै, निर्धन उत्थान लघुवित्त संस्थाले होल प्लानेट फाउन्डेसन र आईएफसीबाट ऋण ल्याउने सम्झौता गरेको छ ।

यस संस्थाले होल प्लानेट फाउन्डेसनबाट १ करोड अमेरिकन डलर तथा आईएफसीबाट ६ लाख ६ हजार ४१४ अमेरिकन डलर ऋण ल्याउने सम्झौता गरेको छ । त्यसैगरी, आरएमडीसी लघुवित्तले अमेरिकन आईएफसी संस्थाबाट १ करोड अमेरिकन डलर तथा मानुश्री लघुवित्तले जापानी एपीएफ संस्थाबाट १ करोड १० लाख जापानी एन ल्याउन लागेको राष्ट्र बैंकले जनाएको छ । यी बैंक तथा वित्तीय संस्थाहरूले ६ करोड ६ लाख ६ हजार ४१४ अमेरिकन डलर तथा १ करोड १० लाख जापानी एन ऋण ल्याउन राष्ट्र बैंकबाट स्वीकृति पाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);