‘लघुवित्त वित्तीय संस्थाहरुका समस्यालाई राजनीतिकरण गर्ने प्रक्रिया बन्द गरौं’ | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

‘लघुवित्त वित्तीय संस्थाहरुका समस्यालाई राजनीतिकरण गर्ने प्रक्रिया बन्द गरौं’

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुका समस्याका विषयमा हुने राजनीतिकरण बन्द गर्न आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।

लघुवित्त वित्तीय संस्थाहरुमा आएका समस्याहरुलाई समाधान गर्नुको सट्टा राजनीतिक फाइदाको लागि राजनीतिकरण गर्न नहुने उनीहरुले बताएका हुन् । राजनीतिक उद्देश्यले प्रेरित अभिव्यक्ति वा राजनीतिक संगलनता भए बन्द गर्नुपर्ने बताए । उनीहरुले लुघवित्त वित्तिय संस्थाहरुमा आएका विविध समस्याको सुधार गर्न राष्ट्र बैंकले अग्रसरता लिनुपर्ने आवश्यक्ता रहेको बताए । पछिल्लो समय लघुवित्त वित्तीय संस्थाहरुले मनोमानी रुपमा ब्याज लिए र लघुवित्तहरुले ऋणहरुलाई समस्यामा बनाएको भन्दै लघुवित्त बिरुद्ध बिरोध व्यापक रुपमा भइरहेको छ । लघुवित्तहरुले एउटै ऋणीलाई मापदण्ड भन्दा बढी कर्जा प्रवाह गर्ने गरेकाले पनि समस्यामा आएको उनीहरुको भनाई छ ।

मंगलवार काठमाडौंमा भएका एक कार्यक्रममा पूर्वगभर्नर तथा अर्थमन्त्री मन्त्री डा.युवराज खतिवडाले लघुवित्तका समस्याका विषयलाई राजनीतिकरण गर्ने प्रक्रियाको अन्त्य गर्नुपर्ने बताउनु भयो । उहाँले कुनैपनि राजनीतिक व्यक्तिले राजनीतिक उद्देश्यले प्रेरित अभिव्यक्ति र राजनीतिक नेतृत्वको भुमिका भए बन्द गर्नुपर्ने बताउनु भयो । डा. खतिवडाले सहकारी र लघुवित्तको समस्यालाई राजनीतिकरण गर्न नहुने विषयमा बोल्न तयार रहेको बताउनु भयो । उहाँले सहकारी र लघुवित्तबाट कर्जा लिएर नतिर्ने भन्नेहरुको राजनीतिक पार्टीका सांसद तथा नेताहरु समर्थन गर्नु गलत हुने बताउनु भयो । उहाँले ऋण लिएर पैसा तिर्न नपर्ने अभियान चलाउने अराजक तत्वहरुलाई सरकारले कारबाही गर्नुपर्ने बताउनु भयो । उहाँले सबै राजनीतिक कर्मीहरुले लघुवित्त र सहकारीको विषयमा राजनीतिकरण बनाउन तत्काल बन्द गराउनुपर्ने बताउनु भयो । उहाँले लघुवित्तका आन्तरिक समस्याको विषयमा घरभित्र बसेर छलफल गर्नुपर्ने बताउनु भयो । डा. खतिवडाले लघुवित्तहरुले सञ्चार र संवादको रणनीति पनि परिवर्तन गर्नुपर्ने बताउनु भयो । उहाँले लघुवित्तको पुँजीको कर्जाको ५ प्रतिशत पु¥याउनुपर्ने व्यवस्था परिवर्तन गर्नुपर्ने बताउनु भयो ।

त्यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्त वित्तीय क्षेत्रमा मसिनो ढङ्गले सुधार गर्नुपर्ने अवस्था आएको बताउनु भयो । उहाँले राष्ट्र बैंकले लघुवित्त क्षेत्रको सुधारको लागि उच्चस्तरिय समिति बनाएर लगेको बताउनु भयो । उहाँले लघुवित्तहरुको वर्तमान महत्व,लघुवित्त कर्मसियल बैंकको रुपमा जान हुने थियो वा थिएन भन्ने विषयमा अध्ययन गरेर समस्या समाधान गर्ने विषयमा राष्ट्र बैंक अघि बढ्ने बताउनु भयो । उहाँले पछिल्लो समय लघुवित्त वित्तीय क्षेत्रमा अराजक प्रवृति देखिएको बताउनु भयो । उहाँले वित्तीय संस्थाबाट ऋण लिएपछि तिर्दिन भन्नु जति अर्को अराजक केही हुन नसक्ने बताउनु भयो । उहाँले यस्तो अराजक गतिविधिले वित्तीय प्रणालीलाई असर गर्ने भन्दै यो विषयमा राष्ट्र बैंक सजग रहेको बताउनु भयो । उहाँले पछिल्लो समय लघुवित्तको समस्याले बैंकहरुलाई जथाभावी कर्जा बिस्तार गर्नु नहुने विषयमा सजग गराएको बताउनु भयो ।

त्यस्तै,बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले बैंक तथा वित्तीय संस्थाहरु बिरुद्धको सगठित रुपमा बिरोधमा उत्रिएको समूहका कारण बैंक तथा वित्तीय संस्थाका कर्मचारीको मनोबल कम भएको बताउनु भयो । उहाँले लघुवित्तहरुमा लगानी गरेको रकम उठाउन नसक्ने अवस्था सिर्जना हुनु अमानविय र कानून विपरित रहेको बताउनु भयो । उहाँले बैंक तथा वित्तीय संस्थाहरु पैसा कमाउनको लागि मात्रै नभएर ग्राहकलाई जोगाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले निर्वाचनको बेलामा राजनीतिकरण गर्नको लागि बैंक तथा वित्तीय संस्थाहरुप्रति आक्रमण भइरहेको बताउनु भयो । उहाँले बैंक तथा वित्तीय संस्थाहरुप्रतिको आक्रमणलाई सबै मिलेर समाधान गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले धेरै ऋण लिएर ऋण नतिर्न र अन्य सोझा जनतालाई समेत जम्मा गरेर भ्रम छर्ने काम भइरहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);