सुरक्षा अवस्थामा सुधार नभए लघुवित्त वित्तिय संस्थाहरुले सम्पूर्ण सेवाहरु बन्द गर्ने | ईमाउण्टेन समाचार

Our Network

भदौ १ २०८३, मंगलबार

सुरक्षा अवस्थामा सुधार नभए लघुवित्त वित्तिय संस्थाहरुले सम्पूर्ण सेवाहरु बन्द गर्ने

काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले आफ्नो सुरक्षा अवस्थामा सुधार नभए लघुवित्त वित्तीय संस्थाहरुले सम्पूर्ण सेवा बन्द गर्ने चेतावनी दिएको छ ।

सोमवार लघुवित्त बैंकर्स संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लघुवित्त वित्तीय संस्थाहरु माथिको अराजक गतिविधिहरु निरन्तर भए,राज्य संयन्त्रबाट असहयोग भए र सुरक्षा व्यवस्थामा सुधार नभए लघुवित्तहरुले देशभरको सम्पूर्ण वित्तीय सेवा बन्द गर्ने जानकारी गराएको हो । लघुवित्त बैंकर्स संघले आज ७७ जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको जानकारी दिएको छ ।

संघले पछिल्लो समय देशको संवैधानिक कानूनभित्र रहेर सञ्चालनमा रहेका लघुवित्त वित्तीय संस्थाहरु माथि लगातार रुपमा प्रत्यक्ष आँच पु¥याउने र लाखौं जनताको बैंकिङ प्रतिको भरोसालाई प्रभावित पार्ने काम भएको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्न सरकारसँग माग गरेको छ । संघले स्वार्थ समूहले आन्दोलनका नाममा भएका अवाञ्छित गतिविधि तत्काल बन्दगरी शान्ति सुरक्षाको आवश्यक प्रबन्ध मिलाउन ७७ जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण पत्र बुझाएको बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल लघुवित्त बैंकर्स संघका पूर्वअध्यक्ष वसन्त लम्सालले लघुवित्त वित्तीय संस्थाहरु माथि भएको अराजक गतिविधिमा सरकारले सुरक्षा दिन नसकेको बताउनु भयो। उहाँले पछिल्लो समय प्रत्येक दिन अरापक गतिविधिहरु बढ्दै गएको भन्दै यही रुपमा अराजक गतिविधि अगाडि बढे बैंक तथा वित्तीय संस्थाहरु काम गर्न नसक्ने बताउनु भयो। उहाँले वित्तीय संस्थाहरुमा लगाएको लगानीको असुरक्षा बढेको बताउनु भयो। उहाँले अहिलेकै अवस्थाको सुरक्षा व्यवस्था हुने हो र सुरक्षा व्यवस्था सुधार नहुने हो भने वित्तीय कारोबार सञ्चालन गर्न नसक्ने बताउनु भयो। उहाँले अब कुनै दिन बन्द गरेको घोषणा गर्नुपर्ने अवस्था आएको बताउनु भयो । उहाँले लघुवित्तले खराबी गरेको भए नियमनकारी निकायले कारबाही गरे भोग्न तयार रहेको बताउनु भयो। उहाँले सरकारले बनाएको कानून बमोजिम कारोबार गर्दा किन व्यवधान गरिन्छ ? भन्दै प्रश्न गर्नुभयो।

संघका महासचिव रामबहादुर यादवले अहिलेकै अवस्था रहे लघुवित्त संस्थाहरुलाई कसैले बन्द गर्नु नपर्ने र आफैँ बन्द हुने अवस्थामा पुग्ने बताउनु भयो। उहाँले लघुवित्तहरु बन्द भएभने ग्रामिण क्षेत्रका जनतालाई बैंकिङ सेवा कसले दिन्छ ? भन्ने कुरामा राज्यले विचार गर्नुपर्ने बताउनु भयो। उहाँले पैसा तिर्ने चाहनेहरुले पनि सुरक्षाको कारणले तिर्न नपाएको बताउनु भयो। उहाँले पैसा तिर्न नदिने कार्य भएको र संघर्ष समितिमा लागेर पैसा फिर्ता गर्न सक्षमले पनि ऋण नातिरेको बताउनु भयो ।

संघले अहिलेको अवस्थामा कर्जा असुलीभन्दा लघुवित्तकर्मीको सुरक्षा चिन्ताको विषय भएको जनाएको छ । कर्जा असुली हुँदै जानेमा आफूहरु विश्वस्त भएपनि लघुवित्त र लघुवित्तकर्मीहरुको सुरक्षा पहिलो चिन्ताको विषय संघले बताएको छ ।

 

Leave a Reply

ताजा समाचार